राकुटेन भाइबर तथा जगदम्बा मोटर्स्द्वारा “चान्स् टु वीन थ्रु क्लिक” का विजेतालाई स्कुटर हस्तान्तरण




काठमाडौं । राकुटेन भाइबर तथा जगदम्बा मोटर्स्द्वारा “चान्स् टु वीन थ्रु क्लिक” अभियानको विजेतालाई स्कुटर हस्तान्तरण गरिएको छ ।

टिभीएस स्कुटर तथा मोटरसाइकलहरुको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटसर््ले जगदम्बाका उत्पादनहरुको कस्टुमाईज स्टीकर प्याक बनाउनका लागि राकुटेन भाइबरसँग सहकार्य गरेको थियो ।
जगदम्बा मोटर्सले “चान्स टु वीन थ्रु क्लिक” नामक अभियान सार्वजनिक गरेको थियो जस अन्तर्गत ग्राहकहरुले “लभ ऐट फस्ट राईड” स्टीकर प्याक डाउनलोड गरेर टिभीएस एनटर्क १२५ सीसीको स्कुटर जित्नुका साथै थुप्रै आकर्षक उपहारहरु प्राप्त गर्ने अवसर सृजना गरेका थिए ।
“देशभर रहेका हाम्रा प्रयोगकर्तालाई खुसि पार्न राकुटेन भाइबरले अनवरत रुपमा आफ्ना साझेदारहरुसंग कम गरिरहेको छ । नेपालमा रहेका हाम्रा प्रयोगकर्ता जसले आफ्ना निकतम व्यत्तिहरुसंग नजिक रहन भाइबर प्रयोग गरिरहनु भएको छ – भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने ।
यस अभियानको विजेता बनेकी विजेता पोखराकी लक्ष्मी पोखरेललाई स्कुटर प्रदान गरिएको छ । उनलाई जगदम्बा मोटर्स्का भाइस् प्रेसिडेन्ट अग्रवालले स्कुटरको साचो हस्तान्तरण गरेका छन् ।


क्लिकमान्डु