गणतन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो सस्तो योजना, ५० रुपैयाँमा डाटा, भ्वाईस र एसएमएस

क्लिकमान्डु २०७६ जेठ १३ गते १६:०६ मा प्रकाशित

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवसको अवसरमा आकर्षक अफर ल्याएको छ । यो अफर टेलिकमका ग्राहकले ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सक्नेछन् ।

टेलिकमका अनुसार ५० रुपैयाँमा ४ सय एमबी डाटा, ३० मिनेट भ्वाईस कल र एक सय वटा एसएमएस गर्न सकिने छ । यो सेवा जेठ १४ देखि १६ गतेसम्म लिन सकिने छ ।

यो सेवा लिएको दिनबाट सात दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । टेलिकमले ल्याएको विभिन्न योजना मध्ये यो अहिलेसम्मको सर्वाधिक सस्तो योजना भएको बताइएको छ । ग्राहकले यो सेवा लिनका लागिग *१४१५# डायल गर्नुपर्ने छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स