अर्थमन्त्री खतिवडाले यी क्षेत्रमा बढाउँदै छन् कर, जनतालाई पर्दैछ थप भार



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा बजेट निर्माणको अन्तिम चरणमा छन् ।

संविधानमा उल्लेख भए अनुसार आगामी बुधबार संघीय संसद्मा आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक हुँदैछ ।

चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आइपुग्दा १ खर्ब रुपैयाँको राजस्व लक्ष्य अनुसार संकलन भएको छैन ।

आगामी आर्थिक वर्षमा कर्मचारीको तलब बढाउने र बृद्धभत्ता बढाउने तथा अन्य लोकप्रिय कार्यक्रम घोषणा गर्नुपर्ने दवाव अर्थमन्त्रीलाई छ । यसको लागि राजस्वको लक्ष्य भेट्टाउनुपर्छ ।

बजेट नै बजारमा केही वस्तुको अभाव देखिन भने थालेको छ । खास गरेर नेगेटिभ लिष्टमा पर्ने रक्सी र चुरोटको कर बजेटले बढाउने छ ।

स्वास्थ्यलाई खराब गर्ने हुँदा रक्सी र चुरोटमा लाग्ने कर हरेक वर्ष विश्वभर नै बढाइने गरिन्छ । अर्थमन्त्री खतिवडाले रक्सी र चुरोटमा कर बढाउने छन् ।

यस बाहेक हल्का पेय पदार्थमा समेत केही कर बढ्ने छ ।

अर्थमन्त्री खतिवडाले अघिल्लो वर्षदेखि नै राजस्व बढाउनको लागि मुहाननै सफा गर्ने भन्दा भन्सारमा सन्दर्भ मूल्य लागु गरेका छन् । यसले कपडा,जुत्ता र झोला जस्ता वस्तु आयत हुँदा लाग्ने कर बढेको छ ।

यसबाहेक सन्दर्भ मूल्य कार्यान्वयन ठूलो सफलता सरकारलाई प्राप्त भएको छैन । चालु आर्थिक वर्षमा ८ खर्ब ३१ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार गत शुक्रबारसम्म ५ खर्ब ७८ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।

अर्थमन्त्री खतिवडाले अघिल्लो वर्ष बजेट मार्फत स्वास्थ्य सेवा कर हटाएक थिए । अस्पतालमा स्वास्थ्य सेवा कर हटेपनि जनताले पाउने सुविधामा खासै परिवर्तन नभएको हुँदा यसलाई निरन्रता दिनुपर्नेमा करका कर्मचारी छन् । राजस्वको ग्याप बढी भएको हुँदा यसले पुनः निरन्तरता पाउने सम्भावना छ ।

बजेटसँगै आउने आर्थिक विधेयकमा उल्लेख भएका कुराहरु भन्सार सम्बन्धि दर अर्कोदिन देखि अन्य खाले कर साउन १ देखि कार्यान्वयनमा जान्छ । भन्सारमा हुने परिवर्तनले सरकारले यो वर्ष लिएको राजस्वको लक्ष्य पुरा गर्नको लागि मद्दत पुग्ने अनुमान अर्थका अधिकारीको छ ।

सरकारले यो पटक गैरकरका दरहरु समेत बढाउने छ । यसमा मुख्य रुपमा सवारी दर्ता गर्दा लिने शुल्क, सडक दस्तुर, घरजग्गा रजिष्ट्रेशन लगायतका गैरकरका शिर्षकहरु पर्छन् ।


पुष्प दुलाल