डेढ लाख घुस लिँदै गरेको अवस्थामा नापीका कर्मचारी पक्राउ
काठमाडौं । १ लाख ५० हजार घुस लिँदालिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय साँखु काठमाडौंका नापी सर्वेक्षक श्याम कृष्ण न्यौपाने र लेखापढी व्यवसायी विष्णु केसीलाई पक्राउ गरेको छ ।
जग्गा हालसाविक गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगले उनीहरुलाई नापी कार्यालय साँखुबाट पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टंगालबाट गएको टोलीले उनीहरुलाई सेवाग्राहीसँग १ लाख ५० हजार लिँदै गरेको अवस्थामा बिहिबार पक्राउ गरेको हो । उनीहरुको थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।