कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल/स्कुटि लैजानुहोस, 0% फाइनान्समा नयाँ ल्याउनुहोस




काठमाडौं । नेपालको लागि टिभीएस टु ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स.ले एक्स्चेञ्ज योजना अघि सारेको छ ।
टिभीएस कम्पनीका मोटरसाईक तथा स्कूटरहरु नेपालमा पनि प्रयोगमा छन । विभिन्न आकर्षक मोडल तथा पावर इन्जिनहरुमा उपलब्ध यी मोटरसाईकल तथा स्कूटरहरु अब ग्राहकहरुले पुरानो तान्न छाडेर नयाँ हाँक्न पाउने गरी जगदम्बा मोटर्सद्वारा एक एक्स्चेञ्ज अफर टिभीएस एक्सचेञ्ज जात्रा संचालन गरेको छ ।
सिमीत अवधिका लागि यही जेठ ७ गतेदेखि जेठ ११ गतेसम्म जावलाखेल चोकमा संचालन भैरहेको यस योजनामा ग्राहकहरुले आफूसँग कुनै पनि अवस्थामा भएको कुनै पनि ब्राण्डको मोटरसाईकल तथा स्कूटरको सट्टामा नयाँ टिभीएस मोटरसाईकल तथा स्कूटर एक्सचेन्ज गर्न सक्नेछन् ।
यस योजनामा ग्राहकहरुले ३ तरिकाबाट नयाँ टिभीएस मोटरसाईकल रोज्ने विकल्प प्राप्त गर्नेछन् । जस अनुसार पहिलो ग्राहकले आफूसँग भएको जुनै अवस्थाको मोटरसाईकल को न्यूनतम ग्यारेन्टी मुल्य रु.२५,०००÷ प्राप्त गर्ने, त्यस्तै दोस्रो एक स्या्र सट् स्क्य्राच कुपनबाट कम्तीमा रु.१०,०००÷ देखि बढीमा रु.१,००,०००÷ रुपैयाँ सम्मको पक्का नगद छुट प््राप्त गर्ने र तेस्रो शुन्य प्रतिशत फाइनान्स सुविधा प्राप्त गर्ने रहेका छन् । यसका अतिरिक्त टिभीएस टु ह्वीलर साट्दा हेलमेट, रेनकोट, मोटरसाईकल कभर र ब्याग उपहारहरु पनि प्राप्त गर्नेछन् ।


क्लिकमान्डु