नयाँ दिल्लीबाट हुन्डाइले बहुप्रतिक्षित ‘भेन्यु’ कार सार्वजनिक गर्यो, मूल्य कति पर्छ ?



नयाँ दिल्ली । हुन्डाइको बहुप्रतिक्षित फुल्ली कनेक्टेड एसयूभी कार ‘हुन्डाइ भेन्यू’ भारतमा पहिलो पटक मंगलबार सार्वजनिक भएको छ । कार पेट्रोल र डिजल दुबै विकल्पमा उपलब्ध छ ।
कार ब्ल्याक सिंगल टोन, खाकी ड्युल टोन र डेनिम ड्युल टोनमा उपलब्ध छ भने कारको अगाडि स्पोर्टसी लुक्समा डिजाइन गरिएको छ ।

सेभेन स्पिड डिसिटी, प्रोजेक्ट फग ल्याम्प, २०.३२ सीएम टचस्क्रिन एभिएनटी, क्रोम आउटसाइड डोर ह्यान्डल, ३ वर्ष असीमित किलोमिटरको वारेन्टी, २ वर्षे आरएसए नयाँ भेन्यू कारका विशेषता हुन् । त्यस्तै, वायरलेस फोन चार्जर, एयर फ्युरिफायर, ह्विल एयर कर्टेन्स, आर्कमिज साउन्ड र इको कोटिङ जस्ता फिचर्सहरु समेत उपलब्ध छन् ।

हुन्डाइले ब्लु लिंक टेक्नोलोजीमा ३३ वटा नयाँ फिचर्सहरु थप गरेको छ । जसमध्ये १० वटा भारतीय बजारलाई ध्यानमा राखी थप गरिएको जानकारी दिएको छ ।

सुरक्षा तथा सुविधाका लागि भेन्यूले ६ वटा एयरब्याग, इबीडीसँगै एबीएस क्यामराका साथमा रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेविलिटी कन्ट्रोल, हिल लञ्च अस्स्टिसँग धेरै सुविधा थप गरेको छ ।

कार पेट्रोल र डिजल दुबै संस्करणमा उपलब्ध छ । पेट्रोल संस्करण १.० लिटर कप्पाा टर्बो जीडीआई छ । यो ५ एमटी सेग्मेन्टमा उपलब्ध छ, जसको मूल्य ६ लाख ५० हजारदेखि ७ लाख २० हजार भारतीय रुपैयाँदेखि सुरु हुन्छ ।

पेट्रोल संस्करणको अर्को मोडेल १.२ लिटर कप्पा ट्रिम्समा उपलब्ध हुनेछ । जुन ६एमटी सेग्मेन्टको मूल्य जसको मूल्य ८ लाख २१ हजार भारुदेखि १० लाख ५० हजार भारुसम्म उपलब्ध गराइएको छ । भने ७ एमटी सेग्मेन्टमा ९ लाख ३५ हजारदेखि ११ लाख १० हजार ५ सय भारुसम्म उपलब्ध हुनेछ ।

त्यस्तै डिजल संस्करणमा १.४ लिटर यू२ सीआरडीआइ इन्ञ्जिनमा उपलब्ध हुनेछ । ६ एमटी सेग्मेन्टको यसको मूल्य ७ लाख ७५ हजार भारुदेखि १० लाख ८४ हजार भारुसम्म उपलब्ध छ ।

नेपालमा आइपुग्दा कारको मूल्य ३५ लाखदेखि ५० लाख रुपैयाँसम्म पर्ने नेपालका लागि हुन्डाइको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका प्रमुख अञ्जन श्रेष्ठले जानकारी दिए ।

 

 


क्लिकमान्डु