७ हजार जागिर कटौती गर्दै फोर्ड कम्पनी, यस्तो छ कारण



काठमाडौं । अमेरिकास्थित चर्चित कार निर्माता कम्पनी फोर्डले ७ हजार कर्मचारी कटौटी गर्ने भएको छ ।  लागत घटाउने उदेश्यले गर्न लागिएको यो कटौति अगस्टको अन्त्यसम्ममा गर्ने योजनामा कम्पनी रहेको छ ।

यो कटौती कुनै एक देशमा मात्र नभई विश्वव्यापी हुने समेत कम्पनीले स्पष्ट पारेको छ ।  यो योजना अनुसार कम्पनीको १० प्रतिशत तलबी कामदार घटनेछन ।

फोर्ड कम्पनीले जनाएअनुसार २ हजार ३ सय जागिर अमेरिकामा मात्रै कटौती हुनेछ जसले कम्पनीको बार्षिक ६०० मिलियन बचत गर्नेछ ।

फोर्डले युरोपमा कटौती शुरु गरिसकेको छ । १२ हजार जना कामदार रहेको युकेमा यो योजनाले युकेमा के कसतो असर पार्नेछ भन्ने अझै स्पष्ट भइसकेको छैन । फोर्डका प्रमुख अधिकृत जिम हयाकेटले भनेका छन– युकेमा प्रभावित हुनेको कुल संख्या यकिन हुन अझै बाँकि छ । त्यसै गरी उनले कामदारहरुलाई लेखेको पत्रमा व्यवस्थापकिय पदहरु निशानामा रहने बताएका छन ।


क्लिकमान्डु