बन्द भएको फुलबारी होटल पुनः संचालनमा आउला ? चाहिन्छ कम्तीमा डेढ अर्ब लगानी



काठमाडौं । ‘वान अफ द ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने थिममा पोखरामा खुलेको फुलबारी रिसोर्ट बन्द भएको दुईवर्षभन्दा बढी भइसकेको छ ।

सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाउँदै गर्दा पोखरामा पर्यटकलाई उच्चस्तरको सेवा सुविधा दिने उद्देश्यले सुरु भएको होटल त्यसको २२ वर्षपछि नेपालले पुनः सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तयारी गर्दा बन्द छ ।

तत्कालिन समयमा फूलबारी दक्षिण एशियाकै उत्कृष्ट भएको चर्चा चुलिएको थियो । ‘फुलबारी रिसोर्ट नेपालका लागि मात्रै नभइ दक्षिण एसियामै ठूलो होटल हो, यस्तो होटल नेपालमा तत्कालका लागि बन्ने सम्भावना छैन्, त्यसको संरचना र सेवा सुविधा निकै माथिल्लो स्तरको छ’ जानकार एक व्यवसायीले भने ।

खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य

पछिल्ला वर्षहरुमा पर्यटकको संख्यामा बृद्धि भएसँगै होटलमा लगानी पनि ह्वातै बढेको छ । व्यवसायिक घरानाहरु पाँच तारे होटल खोल्नका लागि प्रतिस्पर्धामा छन् । राजधानीभित्र र बाहिर होटल खुल्ने क्रम पनि बढेको छ ।

अमात्यका परिवार रिसोर्टको समस्या सुल्झाएर सञ्चालन गर्नेमा भन्दा पनि जग्गाको भाउ बढाएर बिक्री गर्ने र त्यसबाट समस्या सुल्झाउनेतर्फ ध्यान दिएका छन् ।

सरकारले यो पटक २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । खराब समयमा सुरु गरेको तथा खराब व्यवस्थापनको कारण बन्द भएको मानिने फुलबारी होटल यसपटक फेरि सञ्चालनमा आउँछ कि भन्नेमा धेरैको चासो देखिएको छ ।

जबकी यतिबेला मुलुक नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा रहेको र पोखरामा समेत अन्तर्राष्ट्रिय विमानस्थल निमार्णको प्रक्रियामा रहेकाले फुलबारी होटल सञ्चालनमा आउनु मुलुकको पर्यटन विकासका लागि अवसर पनि हो ।

पर्यटन विकासका लागि फूलबारी रिसोर्ट सञ्चालनमा आउनु महत्वपूर्ण छ, उती नै ऋणको भारी बोकेर समस्या सुल्झाउन प्रयासरत रहेका सञ्चालक पियुष अमात्यलाई पनि छ । यसैकारणले अमात्य चिनियाँ व्यापारीहरुलाई १० अर्ब रुपैयाँमा ८० प्रतिशत शेयर बेच्ने कसरत नगरेका होइनन, तर त्यो सफल भने भएन ।

नेपाल बैंकका एक जना वरिष्ठ कर्मचारी अमात्यका परिवार रिसोर्टको समस्या सुल्झाएर सञ्चालन गर्नेमा भन्दा पनि जग्गाको भाउ बढाएर बिक्री गर्ने र त्यसबाट समस्या सुल्झाउनेतर्फ ध्यान दिएका छन् ।

‘उहाँहरु कोही पनि यस विषयमा गम्भीर भएको हामीले पाएनौं तर मेरियट नै आएर सञ्चालन गरी समस्या समाधान हुन्छ भने हामीले सहजीकरण गर्नुपर्छ’ ती कर्मचारीले भने ।

करिब २५० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्ट एन्ड स्पासँग हाल ३ अर्ब ऋण छ । २ वर्षसम्म सञ्चालन हुन नसक्दा यसले ठूलो आर्थिक मार खेपिरहेको छ । भने नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषबाट लिइएको ऋण दिनानुदिन बढीरहेको छ ।

हालै राजधानी काठमाडौंमा सेवा सुरु गरेको मेरियट होटललाई भित्राउने र नेपाल बैंकको नेतृत्वमा सहवित्तीयकरणमार्फत गएको ऋण उठाउन बैंकहरुले पनि सहमति जनाएको स्रोतको भनाइ छ ।

पुरातात्विक नेपाली शैलीमा बनेको रिसोर्ट दक्षिण एसियाको उत्कृष्ट होटलमा पर्छ । अहिले रिसोर्टसँग ३ अर्ब ऋण छ । मजदुर आन्दोलनका कारण बन्द भएको उक्त रिसोर्ट हालसम्म सञ्चालन हुन सकेको छैन् । ऋण सेटलमेन्ट बाहेक डेढ अर्ब रुपैयाँ लगानी चाहिन्छ ।

एक व्यवसायीका अनुसार फूलबारी सञ्चालनका लागि आजका दिनमा कम्तीमा डेढ अर्ब रुपैयाँ खर्च हुन्छ । भूकम्पबाट परेको असर, नयाँ संरचना तथा सेवा सुविधा थप गरी सञ्चालन गर्नका लागि कम्तीमा १५० करोड आवश्यक पर्छ ।

यसका लागि मेरियट होटलले ऋणमा डुबेर बन्द भएको फूलवारी रिसोर्ट उकास्ने जिम्मेवारी लिन सक्नेबारे व्यवसायीबीच छलफल सुरु भएको छ । पोखरा पर्यटकीय दृष्टिले प्रमुख गन्तव्यमध्येको एक हो । पोखरामा पर्यटकको संख्या बढ्दै जाँदा फुलबारीको माग पनि बढ्दै गएको छ ।


क्लिकमान्डु