नेपाली कांग्रेसले गठन गर्यो छाँया सरकार, अर्थमन्त्रीमा डा. मीनेन्द्र रिजाल, सहायकमा विनोद चाैधरी



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको नेतृत्वमा छाँया सरकार गठन गरेको छ । अर्थमन्त्रीको जिम्मेवारी डा. मीनेन्द्र रिजाललाई दिइएको छ भने सहायकमन्त्रीको जिम्मेवारी विनोद चौधरी र मीना पाण्डेलाई दिइएको छ ।

कांग्रेसले संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार छायाँ सरकार गठन गरेको हो ।

सरकारमा उर्जा समितिको संयोजकमा ज्ञानेन्द्रबहादुर कार्की, परराष्ट्रमा नारायण खड्काले जिम्मेवारी पाएका छन् । त्यस्तै गृहमा दिलेन्द्रप्रसाद बडू, शिक्षामा गगन थापा, स्वास्थ्यमा पार्वती डिसी चौधरी, शहरी विकासमा उमाकान्त चौधरी, खेलकुदमा किशोर सिंह राठौरले जिम्मेवारी पाएका छन् । उद्योगमा मीन विश्वकर्मा, खानेपानीमा सुजाता परियार, पर्यटनमा देवेन्द्र कँडेल, श्रममा डिला संग्रौला, सञ्चार समितिको संयोजकमा बहादुर सिंह लामाले जिम्मेवारी पाएका छन् ।

भूमिसुधारमा लक्ष्मी परियार, संघीय मामिलामा अतहर कमाल मुसलमान, कृषिमा पद्मनारायण चौधरी, महिलामा उमा रेग्मी, रक्षामा भीमसेनदास प्रधान, भौतिक पूर्वाधारमा सञ्जयकुमार गौतम, वनमा राजेन्द्र केसी र राधेश्याम अधिकारी कानुन मन्त्रालयको समितिको जिम्मेवारी पाएका छन् ।

सरकारका कामकारबाहीमा विशेष तथा सशक्त निगरानी गर्नका लागि कांग्रेसले छाँया सरकार गठन गरेको हो । छाँया सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आ–आफ्नो मन्त्रालय अन्तर्गतका सरकारबाट भएका कामको निगरानी गर्नेछन् ।

नेपाली कांग्रेस संघीय संसदका दुबै सदन र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल हो ।


क्लिकमान्डु