हुवावे फोनमा गुगल प्ले स्टोर, जिमेल, युट्युव चलाउन नमिल्ने
काठमाडौं । अब बन्ने हुवावे फोनमा जिमेल, गुगल प्ले स्टोर, युट्युव, तथा एन्ड्रोइडसँग सम्बन्धित एपहरु नचल्ने भएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी कम्पनीहरुले कारोबार गर्न नपाउने विदेशी कम्पनीको सूचिमा हुवावेलाई राखेपछि गुगलले हुवावेसँग गर्दै आएको प्राविधिक कारोबार रोक्ने निर्णय गरेको हो ।
जसका कारण अब बन्ने हुवावे फोनमा गुगलसँग सम्बन्धित कुनै पनि एपहरु चल्न पाउने छैनन् । ट्रम्पको उक्त निर्णयसँगै गुगलले तत्कालै हुवावेसँगको कारोबार बन्द गर्ने निर्णय गरेको हो । भविष्यमा हुवावे फोनमा गुगलका एपहरु अपडेट हुने छैनन् भने जिमेल र क्रोम पनि उपलब्ध हुने छैन् ।
यो निर्णयले अहिले उपलब्ध हुवावेका फोन सेटमा कुनै पनि समस्या नभए पनि प्ले स्टोर प्रयोगमा भने समस्या सिर्जना हुनेछ । यो निर्णय कायम रहेमा हुवावे फोनमा गुगल प्ले, जिमेल, गुगल म्याप, युट्युवलगायत गुगलसँग सम्बन्धि कुनै पनि एपहरु अपडेट हुने छैनन् ।
विश्वको तेस्रो ठूलो मोबाइल उत्पादन कम्पनी हुवावेका प्रयोगकर्तालाई यस निर्णयबाट ठूलो समस्या सिर्जना हुने देखिएको छ । -एजेन्सी