दश हजारमा र्याल काढेपछि अख्तियारको फन्दामा परे सशस्त्रका जवान
काठमाडौं । दश हजारमा सशस्त्र प्रहरीका जवानले र्याल काढेपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।
ठूलो रकम नै भएको भएपनि हुन्थ्यो नी , तर सशस्त्र प्रहरी बल नेपाल ४१ नं गुल्म औद्योगिक सुरक्षा बुटवल ,रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान भेषेन्द्र केसी दश हजार घुस लिँदा लिँदै पक्राउ गरेका छन् ।
सामान्य व्यापार व्यवसाय गर्दै आएका सेवाग्राहीसँग मासिक रूपमा नगद नबुझाए सामान जफत गरी थुनिदिने भनी घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारले सशस्त्र प्रहरी बलका जवान केसी पक्राउ परेका हुन् ।
सेवाग्राहीसँग १० हजार घुस लिइसकेको अवस्थामा बुटवल उपमहानगरपालिका ७ दिपनगर स्थित बुटवल टपटेन मम एण्ड खाजाघरबाट आयोगले पक्राउ गरेको हो ।