काठमाडौ महानगरभित्रै परेनन प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा आवेदन



काठमाडौं । प्रधानमन्त्री स्वरोजगार कार्यत्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका १, २, ९ र ११ वडाबाट कुनै पनि आवेदन परेको छैन ।

सो कार्यक्रमअन्तर्गत महानगरपालिकाका अन्य २८ वडाबाट ५०० आवेदन परेको प्रधानमन्क्री स्वरोजगार कार्यत्रमका संयोजक भरत ओलीले जानकारी दिए ।

ऊक्त कार्यत्रममा सहभागी हुनेहरुका लागि फारम भर्न वैशाख मसान्तसम्मको समयावधि तोकिएको थियो । अब केही वडाबाट फारमको तथ्याङ्क आउन बाँकी रहेको संयोजक ओलीले बताए ।

न्यूनतम १०० दिन रोजगारमा संलग्न नभएका परिवार, परिवारका कोही पनि सदस्य रोजगारी नपाएका र कुनै पनि सदस्य वैदेशिक रोजगारीमा नगएकाले यो कार्यक्रमअन्तर्गत आवेदन फारम भर्न पाउने कानूनी व्यवस्था छ । आवेदनका आधारमा आगामी आर्थिक वर्षदेखि लाभग्राही परिचयपत्र प्रदान गरिने कामपाले जनाएको छ ।

रोजगार कार्यक्रममा सूचीकृत भएपछि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग काममा जोडिने जनाइएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पहिलोपटक यस किसिमको कार्यक्रम ल्याइएको हुँदा यसलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहको बताउँदै निजी क्षेक्रसँगको सहकार्यमा यो कार्यत्रम अघि बढाउनुपर्ने धारणा राखे । रासस


क्लिकमान्डु