प्रशासन कार्यालय अगाडि बसेर डाँको छोडेर रोए पत्रकार



काठमाडौं । विराटनगरका पत्रकारहरु जिल्ला प्रशासन कार्यालय विराटनगरको कार्याल अगाडि रुदै विरोध जनाएका छन् ।

आइतबार विहान कार्यालय खुलेपछि ११ बजेतिर विरोध कार्यक्रम लेखिएको ब्यानरसहित उपस्थित भएका झण्डै ३० भन्दा बढी पत्रकारहरु भुँईमा बसेर रुँदै विरोध जनाए ।

नेपाल प्रेस युनियनको आयोजनामा भएको विरोध कार्यक्रममा सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धि विधेयक फिर्ता गर्नुपर्ने माग राख्दै उनीहरु रोएका हुन् ।

कार्यक्रममा बोल्दै युनियनका केन्द्रीय अध्यक्ष लिलाबल्लभ घिमिरेले बिधेयकले पत्रकारलाई नियमन गर्नुभन्दा पनि नियन्त्रण गर्न खोजेको आरोप लगाए । उनले बिधेयकमा भएको जरिवाना सम्बन्धि व्यवस्था लगत भएको बताए ।

सरकारले पेश गरेको उक्त विधेयकको अहिले आलोचना भइरहेको छ ।


क्लिकमान्डु