भोलीदेखी पोखरामा टाटा कार मेला हुने, यस्ता छन सुविधा




काठमाडौं । पर्यटकीय तथा रमणीय शहर पोखरामा यहि जेठ ४ र ५ गते टाटाको कार मेला हुने भएको छ । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले र सिप्रदी टे«डिङ्गको आधिकारीक बिक्रेता दिप मोटर्स प्रा. लि.को सहकार्यमा यो वर्ष पनि कार मेला आयोजना हुन लागेको हो ।
बिहान ११ बेज देखि साँझ ७ बजे सम्म सञ्चालन हुने कार मेला सिप्रदी टे«डिङ्गको कार्यालय बुद्ध चोक पोखरामा आयोजना हुने आयोजकले जनाएको छ । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् । मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडीलाई नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा ग्राहकहरुले अन स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज लोयल्टी बोनसजस्ता सेवा तथा सुविधाहरु पाउने आयोजकले जनाएको छ । पर्यटकीय तथा रमणीय शहर पोखरामा दोस्रो संस्करण रहेकोछ । यो मेला २ दिन सम्म चल्नेछ ।
मेलाका प्रमुख आकर्षणहरुमा निशुल्क प्रबेश, अन दि स्पोर्ट् फाइनान्सीङ्ग, पुरानो गाडीको उत्कृष्ट मूल्याकंन र एक्सचेन्ज लोयल्टी बोनस, टेस्ट ड्राइभको व्यवस्थाका, फोटो सुटका साथै स्वादिष्ट परिकारका स्टलहरु रहेका छन ।


क्लिकमान्डु