हिन्दु देवताका फोटो भएका ट्वाइलेट सिट र जुत्ता बेच्ने अमेजनविरुद्ध ट्विटरमा विरोध, प्रयोगकर्ताले चलाए अभियान



विश्वप्रसिद्ध अनलाइन सपिङ पोर्टल अमेजनले हिन्दु देवताको फोटो भएको जुत्ता र ट्वाइलेट सिट कभर आफ्नो वेवसाइटमा बिक्रीका लागि राखेपछि प्रयोगकर्ताहरुले चर्को विरोध गरेका छन् ।

हजारौं प्रयोगकर्ताहरुले ट्विटरमा #BoycottAmazon  ट्रेन्ड सुरु गरेर विरोध गरेका हुन । चर्को विरोधपछि अमेजनले ती सामग्रीलाई वेवसाइटबाट हटाउन लागेको जनाएको छ ।

वेवसाइटमा राखिएका ट्वाइलेट सिट कभर, योगा म्याट, स्निकर्सलगायतका सामग्रीहरुमा हिन्दु देवी देवता शिव र गणेशका तस्बिर प्रिन्ट गरिएको थियो ।

प्रयोगकर्ताहरुले अमेजनलाई सार्वजनिक रुपमा बहिस्कार गर्नका लागि समेत अपिल गरेका छन् ।

अमेजन विश्वका सबैभन्दा धनी व्यक्ति जेफ बेजोफको कम्पनी हो । यसले विश्वका १७ वटा देशमा सामान बिक्री गरिरहेको छ ।


क्लिकमान्डु