जीबन बीमा कम्पनीको नाफा २१ प्रतिशतले बढ्यो, कुनले कति कमाए ? (सूचिसहित)



काठमाडौं । बजार विस्तारको क्रममा रहेका बीमा कम्पनीहरुले नाफा पनि बढाउँदै लगेका छन् ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा आईपुग्दा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सुचिकृत ७ वटा जीवन बीमा कम्पनीको नाफा २१ प्रतिशतले बढेको छ ।

०७५ चैत मसान्तको वित्तीय विवरण अनुसार सबैभन्दा बढी नाफा आर्जन जीवन बीमा कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सले रहेको छ । एसियनले चालु आवको तेस्रो त्रैमाससम्ममा ६३.५४ प्रतिशतले नाफा बढाएको छ ।

गत आवको सोहि अवधिमा ३ करोड ३२ लाख ६८ हजार नाफा कमाएको इन्स्योरेन्सले चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा ५ करोड ४४ लाख ९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नेपाल लाइफपछि बढी नाफा आर्जन गर्ने इन्स्योरेन्समा गुराँस लाइफ इन्स्योरेन्स रहेको छ । गुरासँको नाफा ४१.०३ प्रतिशतले बढेको छ ।
यस्तै नाफा रकमको आधारमा हेर्दा सबै भन्दा बढी नाफा आर्जन गर्ने इन्स्योरेन्स कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्सको रहेको छ ।

नेपाल लाइफको नाफा ४६ करोड ७२ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आवको भन्दा नेपाल लाइफको नाफा ७.२१ प्रतिशतले बढेको छ ।

नाफाको वृद्धदरका हिसाब सूर्या लाइफको वृद्धिदर पनि निकै राम्रो छ । यो अवधिमा सूर्याले ४० प्रतिशतले नाफा बढाएको छ ।

Insurance Company Profit 2075-076 (000) Profit 2074-75 (000) %
Asian Life Insurance 54,409 33,268 63.54
Gurans Life Insurance 56,588 40,124 41.03
Lic 107,171 99,807 7.37
National Life Insurance 306,019 222,052 37.81
Nepal Life Insurance 467,224 435,786 7.21
Prime Life Insurance 163,681 143,158 14.33
Surya Life Insurance 137,142 97,754 40.29
1,292,234 1,071,949 21


पुष्प दुलाल