बीएमडब्ल्यूको एक्स-५ कार बजारमा आयो, यस्ताे छ मूल्य र विशेषता



काठमाडाैं । बीएमडब्ल्यूले कम्पनीले नयाँ जेनेरेशनको एक्स-५ कार सार्वजनिक गरेको छ । भारतीय बजारमा सार्वजनिक भइसकेको यस कारको मूल्य भारतीय रुपैयाँ ९२ लाख ९० हजारबाट सुरु गरिएको छ ।

कम्पनीले विभिन्न १२ वटा मोडलमा कार सार्वजनिक गरेको छ । जसमध्ये एक्स-५ मोडल समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले सार्वजनिक गरेका एक्स–५ मोडेलमध्ये २ वटा डिजल मोडेलमा उपलब्ध छन् । बीएमडब्ल्यु एक्स-५ एक्स ड्राइभ ३० डी र बीएमडब्ल्यु एक्स ५ एक्स ड्राइभ ३० डी एक्स लाइन गरी २ वटा मोडल डिजलमा उपलब्ध छ ।

त्यस्तै, पेट्रोलमा भने बीएमडब्ल्यु एक्स–५ एक्सड्राइभ ४० आई एम स्पोर्टसको मूल्य ८२ लाख ४० हजार भारु तोकिएको छ । तर यसको बिक्री यो वर्षको अन्त्यबाट सुरु हुनेछ ।

यस्ता छन् विशेषता

लाइभ ककपिट प्रोफेसशन डिस्प्ले
डिजिटल इन्स्ट्रयुमेन्ट कोनसोल
फ्लोएटिङ इन्फोटेइनमेन्ट स्क्रिन
अपडेटेड आईड्राइभ सिस्टम
गेस्चर कन्ट्रोल
भ्वाइस कमान्ड
फोर जोन क्लाइमेट कन्ट्रोल
वायरलेस चार्जिङ
रियर प्यासेन्जर स्क्रिन
पानारोमिक सनरुफ
एमबिइयन्ट लाइटिङ ।


क्लिकमान्डु