प्रभु इन्स्योरेन्सको नाफा १४ करोड



काठमाडौं । प्रभु इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १४ करोड २ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

इन्स्योरेन्सले गत आवको सोही अवधिमा १३ करोड ८ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यो अवधिमा इन्स्योरेन्सको नाफा ७.२१ प्रतिशतले बढेको छ । १ अर्ब ५० लाख ७६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा २३ करोड ९४ लाख ७२ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सले चैत मसान्तसम्ममा ५१ करोड ३० लाख ७० हजार रुपैयाँको बीमा कोष खडा गरेको छ । इन्स्योरेन्सको ७ करोड १८ लाख ७० हजार रुपैयाँ महाविपत्ती जगेडा कोषमा रहेको छ ।

प्रभुको खुद बीमा शुल्क आय ३९ करोड ५४ लाख ६३ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय ९ करोड ११ लाख ८३ हजार रुपैयाँ रहेको छ ।

यो अवधिमा इन्स्योरेन्सको दाबी भुक्तानी १४ करोड ८९ लाख ८३ हजार रुपैयाँ रहेको छ । १४ रुपैयाँ प्रति सेयर आम्दानी रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १७५ रुपैयाँ रहेको छ ।


पुष्प दुलाल