९ महिनामा नेशनल लाइफ इन्स्योरेन्सले साढे ३० करोड कमायो



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३० करोड ६० लाख १९ हजार ७७६ रुपैयाँ खुद नाफा कमाएको गरेको छ । इन्स्योरेन्सले गत आवको सोहि अवधिमा २२ करोड २० लाख ५२ हजार ३५८ रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा इन्स्योरेन्सको नाफा ३७.८१ प्रतिशतले बढेको छ ।

३ अर्ब ७४ लाख ४० हजार ५३५ रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ६८ करोड ७५ लाख ५५ हजार ५६१ रुपैयाँ राखेको छ ।

नेशनलले चालु आवको तेस्रो त्रैमास सम्ममा आइपुग्दा २५ अर्ब २२ करोड ८ लाख ६८ हजार ७४८ रुपैयाँको जीवन बीमा कोष खडा गरेको छ । इन्स्योरेन्सको १९ करोड १२ लाख ९५ हजार ३२० रुपैयाँ महाविपत्ती जगेडा कोषमा रहेको छ ।

नेशनलको खुद बीमा शुल्क आय ४ अर्ब ७६ करोड ५७ लाख ४० हजार ९१७ रुपैयाँ रहेको छ । इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय २ करोड ३३ लाख ५२ हजार १३० रुपैयाँ रहेको छ । यो अवधिमा नेशनलको दाबी भुक्तानी १ अर्ब ७० करोड ६२ लाख ७३ हजार ९११ रुपैयाँ रहेको छ ।

१३ रुपैयाँ ५६ पैसा प्रति सेयर आम्दानी रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ १२२ रुपैयाँ ८५ पैसा रहेको छ ।


पुष्प दुलाल