बीमा समितिले ७६ मुद्दाको फैसला गर्यो, कार्यकारी निर्देशक पौडेल भन्छन्- चाँडै फैसला गर्छौं



काठमाडौं । बीमा समितिले आउने मुद्दाको फैसला गराउने क्रम बढाएको छ । समितिमा पर्ने मुद्दाको उजुरीलाई प्राथमिकताका साथ फैसला गराउन थालेको समितिले जनाएको छ ।

समितिका अनुसार हालसम्म समितिले ७६ वटा मुद्दाको निर्णय गरिसकेको छ । चालु आवमा समितिमा ७४ वटा मुद्दा दर्ता भएको छ । यस्तै समितिमा गत आवकै ८३ वटा मुद्दा रहेको र ती मुद्दाको पनि फैसला भइरहेको बताइको छ ।

समितिमा जीवन बीमाको भन्दा निर्जीबन बीमाको बढी मुद्दा पर्ने गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार जीवन बीमाको भने वैदेशिक रोजगारीतर्फको बढी मुद्दा पर्ने गरेको छ । निर्जीबन बीमा तर्फ मोटर (चार पाङग्रे) सवारी साधनका बढी मुद्दा पर्ने गरेको छ ।

उजुरीका लागि समितिमा बढी निर्जीबन बीमा क्षेत्रका बढी आउने गरेका छन् । पौडेलेका अनुसार कतिपय कम्पनी दिएको क्षतिपुर्तिमा चित्त नबुझेर आउने त केही सर्वेयरले दिएको रिपोर्टसम्म चित्त नबुझेर आउने गरेका छन् । अहिले भने सर्वेयर रिपोर्ट नै आउन समय लाग्ने गरेको छ । ऐनमा सर्वेयरको रिपोर्ट दिन, ३५ दिनमा दाबी फ्स्र्यौट गर्न भनिएको छ ।

केही मुद्दाहरु समयमा दाबी भुक्तानी नपाएको, बिमीतलाई चित्त नबुझेर पनि उजुरी आउने गरेको समितिको भनाई छ । यस्ता मुद्दामा समितिले पीडितलाई न्याय दिने काम गरिरहेको बताइएको छ ।

समितिमा परेको उजुरीलाई जतिसक्दो चाडो फैसाल गरेर पिडितहरुलाई राहत दिने समितिका कार्यकारी निर्देशक पौडेलले बताए ।

‘हामीले सबै उजुरीको फैसाल गरिसकेका छौ, जतिसक्दो छिटो उजुरीको फैसला हुने गरेको छ,’ उनले भने ।

बीमा क्षेत्रको नियामक निकायका रुपमा रहेको समितिलाई अर्धन्यायिक निकायको अधिकार दिइएको छ ।

समितिले गरेको कुनै पनि निर्णय चित्त नबुझेमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ । कुनै समस्या परे बिमित वा बिमकले समितिमा उजुरी दिन सक्छन, त्यो उजुरी उपर भएको निर्णय चित्त नबुझेमा मथिल्ला पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ ।

समितिका कानून शाखाका उप–निर्देशक विरोध भट्टले समितिमा परेका मुद्दालाई पहिला सहमति गरेर टुङ्गो लगाउने प्रयास गरिने बताए ।


पुष्प दुलाल