९ महिनामै नेपाल लाइफले कमायो ४६ करोड, अरु सूचक कस्ता ?



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४६  करोड  रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको भन्दा ७.२१ प्रतिशतले बढी हो ।

नेपाल लाइफले गत आवको सोहि अवधिमा ४३ करोड ५७ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चार अर्ब ३९ करोड ६९ लाख २८ हजार चुक्ता पुँजी भएको नेपाल लाइफको जगेडा कोषमा ५ अर्ब ६१ करोड २४ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
यस्तै जीवन बिमा कोषमा ५९ अर्ब ४६ करोड २३ लाख ३२ हजार रुपैयाँ रहेको छ । महाविपत्ति कोषमा ४३ करोड ६७ लाख १ हजार रुपैयाँ रहेको छ ।

नेपाल लाइफको खुद बीमा शुल्क १५ अर्ब १९ करोड ९ लाख ३७ हजार रुपैयाँ रहेको छ । इन्स्योरेन्सको पुनर्बीमा कमिशनबाट २ करोड १७ लाख ८१ हजार रुपैयाँ आर्जन भएको छ ।

यो अवधिमा नेपाल लाइफले ६ अर्ब ५६ करोड ९२ लाख ३४ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २३७ रुपैयाँ ५६ पैसा रहेको छ ।


पुष्प दुलाल