बुटवल पावर कम्पनीको नाफा १३.९०% ले बढ्दा प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । बुटवल पावर कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा  ७५ करोड ८ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

जनु गत आवको योहि अवधिमा भन्दा १३.९० प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा वुटलको नाफा ६५ करोड ९२ लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यो अवधिमा कम्पनीले विद्युत बिक्री ५२ करोड ९७ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको भन्दा ०.३६ प्रतिशतले मात्रै बढी हो । गत वर्षको सोहि अवधिमा ५२ करोड ७८ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ४ अर्ब ३६ करोड १६ लाख २८ हजार रुपैयाँ  रहेको छ । प्रतिसेयर आम्दानी ३० रुपैयाँ ७७ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ २७८ रुपैयाँ ७१ पैसा रहेको छ ।


क्लिकमान्डु