कोकाकोला पिउनेको संख्या घट्यो, कम्पनीको नाफा घट्यो



काठमाडौं । एक समय चिसो भनेकै कोकाकोला भनेर ब्राण्ड बनाएपनि अहिले कोक पिउनेको संख्या घट्दै गएको छ । बोटलर्स नेपाल बालाजु र तराईले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो देखाएको हो ।

यो पटक गर्मी ढिलो सुरु भएको कारण फागुन र चैत महिनामा हुनुपर्ने बिक्री कम्पनीको भएको छैन ।

यो अवधिमा बोटलर्स नेपाल बालाजु र तराई दुवैको नाफामा गिरावट आएको छ । प्रकाशित विवरण अनुसार बोटलर्स नेपाल बालाजुको नाफा चालु आवको नौ महिनामा ४०.०६ प्रतिशतले घटेर १ करोड ७८ लाख ४६ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा बोटलर्स नेपाल बालाजुको नाफा २ करोड ९७ लाख ७४ हजार रुपैयाँ रहेको थियो ।

यो अवधिको बोटलर्स नेपाल बालाजुको उत्पादन बिक्रीबाट हुने आम्दानीमा पनि गिरावट बढ्दै गएको छ । गत आवको तेस्रो त्रैमाससम्मा ३ अर्ब ९२ करोड ६५ लाख ५२ हजार रुपैयाँ रहेको बिक्री बाट हुने आय तर्फको नोक्सानी चालु आवको सोहि अवधिमा आईपुग्दा ४ अर्ब ३ करोड ९ लाख ५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १९ करोड ४८ लाख ८९ हजार रुपैयाँ रहेको छ भने कम्पनीले जगेडा कोषमा ३ अर्ब ३२ करोड ६८ लाख ४ हजार रुपैयाँ छुट्याएको छ ।
चालू आवको नौ महीनामा कम्पनीको कुल सम्पत्ति ६ अर्ब ६९ करोड ४८ लाख ६० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३३ रुपैयाँ रहेको छ भने कम्पनीले प्रति सेयर नेटवर्थ १८७७ रुपैयाँ रहेको छ ।

यस्तै बोटलर्स नेपालको नाफामा गिरावट आएको छ । प्रकाशित विवरण अनुसार बोटलर्स नेपाल तराइको नाफा चालु आवको नौ महिनामा ४०.०६ प्रतिशतले घटेर १९ करोड ३६ लाख १३ हजार रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा बोटलर्स नेपाल तराइको नाफा ३२ करोड ३० लाख २७ हजार रुपैयाँ रहेको थियो ।
बोटलर्स नेपाल तराइको उत्पादन बिक्रीबाट हुने आम्दानीमा भने केही सुधार आएको छ ।

गत आवको तेस्रो त्रैमाससम्मा २ अर्ब ३५ करोड ५५ लाख ४५ हजार रपैयाँ नोक्सानमा रहेको बिक्री बाट हुने आय अहिले केही घटेर २ अर्ब ३४ करोड ४० लाख ११ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ भने कम्पनीले जगेडा कोषमा २ अर्ब २४ लाख ८ हजार रुपैयाँ छुट्याएको छ । चालू आवको नौ महीनामा कम्पनीको कुल सम्पत्ति ५ अर्ब २६ करोड ५ लाख ५० हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १६० रुपैयाँ रहेको छ भने कम्पनीले प्रति सेयर नेटवर्थ १७५५ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु