नेपाल आउने पर्यटकको भिसा शुल्क बढायो सरकारले



काठमाडौं । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले अब भिसा शुल्क बढी तिर्नुपपर्ने भएको छ ।

बिहीबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले भिसा शुल्क बढेको जानकारी गराएका हुन् ।

सरकारले अध्यागनम नियमावली २०५१ को दफा ४६ अनुसार अनुसूची ९ र १२ संशोधन गर्दै भिसा शुल्क बढाउने निर्णय उनको भनाई छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका मन्त्री बाँस्कोटाले सरकारले १५ दिनको बहुप्रवेशी सुविधासहितको भिसाका लागि ३० डलर बनाउने निर्णय गरेको जानकारी गराए ।

यसअघि उक्त शुल्क २५ डलर मात्र रहेको थियो । सरकारको नयाँ निर्णयसँगै भिसा शुल्क ५ डलर बढेको छ । यस्तै ३० दिनको लागि ५० डलर र ९० दिनको लागि १२५ डलर भिसा शुल्क लाग्ने निर्णय सरकारले गरेको छ । यसअघि ३० दिनको लागि ४० र ९० दिनका लागि १ सय डलर रहेको थियो ।

सरकारले गरेको नयाँ निर्णय अनुसार म्याद थपमा एकको ३ डलर तिर्नुपर्ने निर्णय गरेको छ । यसअघि म्याद थपमा एक दिनको २ डलर लाग्ने गरेको थियो । सरकारको नयाँ निर्णय अनुसार ३० दिनको गैरपर्यटकीय भिसा जारी गर्दा ३० डलर लिने सरकारले निर्णय गरेको छ ।

मन्त्री बास्कोटाका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रका राहदानी लिएर आएका पर्यटकलाई ३० दिनसम्मको अवधिका लागि कुनै पनि भिसा नलाग्ने बताए ।


पुष्प दुलाल