१३३ वर्षमा कोकाकोला, १८८ बिलियन डलरको सम्पत्ति, अहिलेसम्म गोप्य नै बनाउने फर्मुला



कोकाकोला आज १३३ वर्ष पुग्यो । संसारभर फैलिएको यसको प्रभुत्वको सुरुवात सन् १९८६ को मे ८ मा एटलान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले सुरु गरेका थिए ।

सफट् ड्रिङसका रुपमा हल्का पेय पदार्थको उत्पादन गर्ने उद्देश्यले सुरु भएको कोकाकोलाले अहिले संसारभरीका मानिसहरुको तिर्खा मेटाइरहेको छ ।

यतीसम्म कि विश्वका तेस्रो धनी अर्बपति वारेन बफेटले एक पटक भनेका थिए कि मेरो शरीरमा एक चौथाइ भाग कोकाकोलाले भरिएको छ ।

आज कोका–कोलाको ब्राण्ड विश्वमा पाँचौ स्थानमा छ । जसमा पेय पदार्थको ब्रान्डका रुपमा पहिलो नम्बरमा छ । जबकी शीर्ष १० ब्रान्डमा अधिकांश प्रविधिसँग सम्बन्धित छन् । विश्वका ९४ प्रतिशत जनसंख्यासँग कोकाकोलाको पहिचान पुगिसकेको छ ।

कोकाकोलाले नेपाली बजार प्रवेश गरेको भने ४० वर्ष पुगिसकेको छ । सन् १९७९ देखि निरन्तर कैयन अन्य ब्राण्डसँगै मानिसहरुलाईै रिफ्रेस मात्रै बनाएको छैन, हरेक घरका किचनसम्म पुगेको छ । कोका–कोलाको यो बजार विस्तारिकरण र रणनीति साँच्चिकै प्ररणादायी छ ।

कोकाकोलाको उदयसँगै यसले विश्वका हरेक देश र शहरमा बजार विस्तार मात्रै गरेन यसले मार्केटिङ बिजनेसमा समेत आमूल परिवर्तन गरिदियो ।

सफल बजार विस्तारमा उचाइ चुमिरहेको कोकाकोलाले सन् १९८५ मा नयाँ प्रडक्ट बजारमा ल्यायो । नाम दियो ‘न्यू कोक’ । परम्परागत कोका–कोलाको स्वादमा अभ्यस्त बनिसकेका उपभोक्ताका लागि नयाँ स्वाद उति रुचिकर लागेन । फलस्वरुप कोका–कोलाले पुरानै प्रडक्टलाई निरन्तता दियो । कोका–कोलाको इतिहासमा यो उसले गरेको गल्ती थियो ।

कोकाकोलाको बजार यसरी विस्तार भइदियो कि जुन सुकै खाजा र खानाका साथमा यसको उपस्थिती अनिवार्य जस्तै बनिदियो ।

उपभोक्ताले समेत यसलाई आफ्नो भान्साको खानासँगै समेटे । त्यतिमात्रै होइन खेल र संगीतसँगको नाता पनि यसले छोटो समयमा जोड्न सफल भइदियो । बजार विस्तारको अद्भूत रणनीति र यसको स्वादले धेरैको जिब्रोमा सहजै स्थापित बनिदियो ।

फ्रान्क एम. रोबिन्सनलाई कोकाकोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ । जून आजसम्म प्रयोग भइरहेको छ । रोबिन्सन डा. पेम्बर्टनका सहकर्मी तथा लेखानियन्त्रक थिए । जतिबेला, डा. पेम्बर्टन जसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला श्री एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए ।

सन् २०१३ मा कोकाकोलाले फिफा र एन्फाको सहकार्यमा फिफा विश्वकप ट्रफी नेपालमा ल्याएको थियो् । जून नेपालमा पहिलो पटक वास्तविक सुनौलो ट्रफी प्रत्यक्ष रुपमा फुटबल प्रेमीहरुले हेर्न पाएका थिए ।

कोकाकोला मोःमो उत्सवमा पनि यसको उपस्थिती देखियो । जहाँ ग्राहकहरुको मनपर्ने कोकाकोला र मःमःको कम्बिनेसनको आनन्द लिए । त्यस्ता कार्यक्रमले उपभोक्ताका मनपर्ने सेलेब्रेटीहरु तथा राष्ट्रिय फुटबल टिमका खेलाडीलाई प्रत्यक्ष जोड्ने माध्यम बनिदियो ।


क्लिकमान्डु