२७ वर्षे युवाको ‘घरघरमा उद्यमी जन्माउने’ बिजनेश आइडिया २ वर्षमै भयो ३५ करोड



काठमाडौं । बैशाख १५ गते त्रिभुवन विश्वविद्यालयका विद्यार्थीसँगको साक्षात्कार गर्दै फोर्ब्समा सूचिकृत नेपालका डलर अर्बपति विनोद चौधरीले एक जना युवा उद्यमीको नाम लिएर उदाहरण दिए । चौधरीले ती युवा उद्यमी र उनको व्यवसायको प्रशंसामा २ मिनेट खर्चिए ।

चौधरीले प्रसंशा गरेका उद्यमी थिए २७ वर्षे रोहित तिवारी । र, उनले सुरु गरेको नयाँ कम्पनी ‘फूड मारियो’ ।

तिवारीले सन् २०१७ देखि सुरु गरेको नयाँ स्टार्ट अप बिजनेश फुड मारियो र यसले अपनाएको व्यापारको शैलीको तारिफ गर्दै चौधरीले थपे, ‘बजारमा डिमान्ड र सप्लाइको बीचको ग्याप कम गर्नका लागि यो सबैभन्दा राम्रो उदाहरणीय व्यवसाय हो ।’

फूड मारियोले हालसम्म १ लाख १० हजारभन्दा बढी पटक खाना सर्भ गरिसकेको छ । त्यस्तै ९५ भन्दा बढी घरका सेफले पकाएका ४ सय ७० स्वादिला परिकारले हालसम्म ५ हजारभन्दा बढी ग्राहकको भोक मेटाइसकेको छ ।

उनै तिवारीलाई भेट्न क्लिकमान्डुको टिम गत मंगलबार उनको कार्यालय पुग्यो । पुल्चोकको एम एन्ड एस टावरको तेस्रो तलामा पुग्दा रोहित काममा व्यस्त देखिन्थे । व्यस्ततालाई एकैछिन थाँती राख्दै ओठमा मन्द मुस्कान सहित हात अगाडि सारे । हात मिलाए र हामीलाई स्वागत गर्दै कुराकानीका लागि आधा घण्टा समय छुट्याए ।

सन् २०१७ तिर तिवारीका गुरु अनन्त सौरभसँगको छलफलमा फूड इन्डस्ट्रिमा केही गर्ने सोच तिवारीमा पलायो । त्यो सोचलाई केही समय निखारे । योजनालाई मूर्तरुप दिन बिऊ रोपे, त्यसलाई मलजल पनि गरे अनि एक दिन उम्रियो- फूड मारियो ।

तिवारीले कम्पनी सुरु गर्दा कति लगानी लगाए त ? क्लिकमान्डुको प्रश्न सुनेपछि उनी एकैछिन रोकिए । मन्द हाँसो अनुहारमा फैलाए अनि भने, ‘त्यही २० हजार जति’ ।

‘सुरुमा फेसबुकमा गु्रप बनाएर त्यसैमार्फत सुरु गरेँ, सुरुमा कम्पनी दर्ता गर्नका लागि समेत पैसा थिएन भन्दा पनि हुन्छ, पछि कम्पनी दर्ता भइसक्दा केही पैसा बजारबाट उठिसकेको थियो’ उनले थपे ।

फूड मारियोको बिजनेश मोडलसँग उनी अहिले ‘अट्याच’ छन् । भन्छन्- ‘मेरो गुरुले भन्नु हुन्थ्यो कि कुनै पनि व्यवसायमा संभावनको क्रमभंगता चाहन्छौं भने त्यस्को भ्यालू ब्रेक गर्नैपर्छ ।

फूड मारियो आइपुग्दा बजारमा फूड सर्भ गर्ने कम्पनीहरु धेरै पहिलेदेखि नै थिए । सबै राम्रै चलिरहेका पनि थिए । बजारमा भएका कम्पनीले रेष्टुराँमा पाकेको खाना ग्राहकसम्म पुर्याउथे । पुर्याए वापत निश्चित सेवाशुल्क लिन्थे ।

तर उनले त्यसो गरेनन् । व्यवसायमा फरक बन्ने सोचले उनमा नयाँ आइडिया फुर्यो- घर-घरमा उद्यमी जन्माउने र त्यसलाई व्यवसायमा जोड्ने ।

घर-घरमा सेफ जन्माउने, र उनीहरुले पकाएको खाना ग्राहकको टेबुलसम्म पुर्याउने योजना बन्यो । यसका लागि उनले ‘लेट्स टक फुड नेपाल’ नामक फेसबुकमा ग्रुप बनाए ।

फूड मारियोले खाना किन्ने र बेच्ने व्यक्तिहरुको बीचमा पुल बनिदियो । ग्राहकले घर मै बनेको खाना खान पाउने भए ।

अन्नतः यो आइडियाले काम गर्यो । र व्यापार चम्कन थाल्यो ।

अहिले फूड मारियोले दैनिक ४ सयभन्दा बढी खानाका अर्डर लिन्छ । खाना पुर्याउनका लागि १९ जना कर्मचारी तयार छन् । घरमा विद्यार्थीदेखि पार्टटाइम काम गर्ने र गृहीणीसम्मले स्वादिलो परिकार पकाउँछन् । त्यही खानालाई फूड मारियोका सदस्यले ग्राहकको टेवुल मै पुगेर सर्भ गर्छन् ।

सानो  लगानीबाट सुरु भएको उनको कम्पनीलाई खरिद गर्न १० करोड रुपैयाँको अफर आइसकेको छ । तर उनले बेच्न मानेनन् । आफ्नै सोच र लगनको प्रतिफलमा जन्मिएको कम्पनीलाई यती छिट्टै सुम्पन उनी तयार भएनन् ।

फूड मारियोले हालसम्म १ लाख १० हजारभन्दा बढी पटक खाना सर्भ गरिसकेको छ । त्यस्तै ९५ भन्दा बढी घरका सेफले पकाएका ४ सय ७० स्वादिला परिकारले हालसम्म ५ हजारभन्दा बढी ग्राहकको भोक मेटाइसकेको छ ।

२० वर्षको उमेरदेखि ५० वर्षको उमेरसम्मका सेफहरु जोडिएका छन् । जसमध्ये कतिपयले १/२ वटा मात्रै परिकार पकाउँछन भने कतिपयले झण्डै २० वटा परिकारसम्म पकाउँछन् ।

फूड मारियोको यो कन्सेप्टले घरकै खानेकुरा खान खोज्ने ग्राहकलाई मात्रै नभइ राम्रो खाना पकाउन जान्ने मानिसलाई पनि घरमै बसेर जानेको सीप उपयोग गरी आम्दानी गर्ने बाटो समेत बनाइदिएको छ ।

स्मार्ट फोनमा फूडमारियोको एपमार्फत २ मिनेटमै अर्डर गर्न सकिन्छ । एपमै सेफ, उसले बनाउने खान, त्यसको मूल्य, ठाउँ देखाइदिन्छ । कुन सेफले के कस्ता परिकार बनाउछन भन्ने पनि देखिन्छ ।

ग्राहकले सर्भ गरेको पैसा भने तिर्नुपर्र्दैन् । कम्पनीले परिकारको मूल्यबाट निश्चित प्रतिशत रकम लिन्छ ।

तिवारी स्टार्ट अप गर्न चाहने धेरै व्यक्तिका प्रेरणा बन्न सक्छन् कि नयाँ आइडिया ल्याउने हो भने थोरै लगानीमा पनि कसरी राम्रो कम्पनी बनाउन सकिन्छ भन्ने उनी उदाहरण हुन ।

फुड मारियोले अंगालेको ‘इको सिस्टम व्यापार’ को मोडलले सफलताको उचाइ छोइसकेको त छैन् । तर संकेत भने स्पष्ट देखाइसकेको छ ।

फूड मारियो सुरु गर्नुभन्दा अगाडि ८ वटा कम्पनी सुरु गरेका थिए । अहिले तीमध्ये केही साथीहरुले चलाइरहेका छन त केही बन्द पनि भए । उनले त्यस बेलामा सोलार प्यानल र एयर प्युरिफायर सामान बिक्री गर्थे ।

सामान किन्नु र बिक्री गर्नमा उनको मनले मानेन् । त्यो काममा उनले नयाँपन देखेनन् । भेट्टाएनन् । उनले सोचे यतिले पुग्दैन अब, अब केही नयाँ त गर्नैपर्छ ।

फुड मारियोले अंगालेको ‘इको सिस्टम व्यापार’ को मोडलले सफलताको उचाइ छोइसकेको त छैन् । तर संकेत भने स्पष्ट देखाइसकेको छ ।

व्यवसायलाई नयाँ ढंगले चलाउने तिवारीको सोचलाई बजारले अपनाइसकेको छ । अहिले हरेक दिन ग्राहकहरु बढ्दैछन, सँगसँगै बढ्दैछ आम्दानी र कम्पनीको भ्यालु ।

कार्यालयमा काम गर्ने १० जना कर्मचारी, डेलिभरीका लागि १९ जना र आफू गरी ३० जना कम्पनीमा फुलटाइम काम गर्छन् । सँगै जोडिएका छन ९५ भन्दा बढी सेफ ।

उनीहरुकै बलियो जगमा उभिएर कम्पनीले अनलाइन फूड व्यवसायमा चमत्कार गर्न खोज्दैछ । जसको सकारात्मक संकेत अहिले देखाइसकेको छ ।

सामान्य लगानीबाट सुरु भएको उनको कम्पनीलाई खरिद गर्न १० करोड रुपैयाँको अफर आइसकेको छ । तर उनले बेच्न मानेनन् । आफ्नै सोच र लगनको प्रतिफलमा जन्मिएको कम्पनीलाई यती छिट्टै सुम्पन उनी तयार भएनन् ।

फूड मारियोको वर्तमान व्यवसायको शैली र त्यसबाट प्राप्त सन्तुष्टीको हिसाब गर्ने हो भने तिवारीकै शब्दमा कम्पनी मोल ३५ करोड बराबरको भइसकेको छ ।


कमलकुमार बस्नेत