बैंकमै फर्किए लगानीकर्ता, नेप्से सूचक दोहोरो अंकले बढ्दा शिवमका लगानीकर्ता मालामाल
काठमाडौं । सेयर बजारमा देखिएको उतार चढावले सोमबार पनि निरन्तरता पाएको छ । कारोबार अवधिभर निकै उचार चढाव देखियो ।
सुरुदेखि सामान्य बढेर बीचमा केही समय कारोबारमा गिरावट आएपनि अन्तिम समयमा बजारले निकै गति लिएको देखिएको छ ।
यो दिन पनि लगानीकर्ताहरुको ध्यान भने बैंक तथा वित्तीय संस्थाहरुमा नै देखिएको छ । सोमबारको कारोबारमा लगानीकर्ताहरु बैंकतर्फ झुम्मिदाँ बैंकिङ समूह २९.६१ अंकले बढेको छ । यस्तै डेभलपमेन्ट बैंक १५.८६, व्यापावर १०.३५, होटल १९.८४, उत्पादन तथा प्रशोधन ७३.३६, जीवन बीमा ६५.६९, माइक्रोफाइनान्स १०.७१ अंकले बढेको छ ।
सामेबार नेप्से मापन गर्ने सूचक २१.७३ अंकले बढेर १२९९.४१ बिन्दुमा रोकिएको छ । १७२ कम्पनीको २० लाख ७५ हजार ४० कित्ता सेयर ६३ करोड ३६ लाख ५३ हजार ५२९ रुपैयाँमा किनबेच भएको छ ।
कहिल्यै घाटा नखाएका शिवम् सिमेन्टका लगानीकर्तालाई आइतबार र सोमबार मालामाल
कारोबार रकमा आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । शिवम्को ४ करोड ९४ लाख ३८ हजार ४३२ रुपैयाँ रहेको छ । यस्तै जनता बैंक र नेपाल बैंक क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।
सोमबार साल्ट टे«डिङ कर्पोरेशन, मल्टीप्रपोज फाइनान्स, शिवम् सिमेन्ट, मेगा बैंकका लगानीकर्ताले कमाएका छन भने पाँचथर पावर कम्पनी, मिरमिरे लघुवित्त वित्तीय संस्था, यूनिभर्सल पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।