१२ वर्षपछि निगमको वाइडबडीले जापान उडान गर्ने



काठमाडौं । नेपाल वायु सेवा निगम १२ वर्षपछि आगामी असारदेखि जापानमा व्यवसायिक उडान सुरु गर्ने भएको छ । निगमको वाइडबडी विमानमार्फत उक्त उडान भर्न लागेको हो ।

‘निगमले असार १९ गतेदेखि सातामा ३ दिन जापानको ओसाकासम्म सिधा उडान गर्नेछ,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालाले भने, ‘अब जापानमा नेपालबाट सीधा उडान हुनेछ ।’

यसअघि निगमले १३ वर्षसम्म जापानको ओसाकासम्म उडान गरेको थियो ।

त्यसका लागि आज (आइतबार) देखि टिकट बुकिङ खुला गरिने निगमले जनाएको छ । काठमाडौं–ओसाकासम्मको एकतर्फी भाडा ४५ हजार रुपैयाँदेखि ८० हजार रुपैयाँ कायम गरिएको छ ।


पुष्प दुलाल