बर्षौंपछि संसदमा राजाको झल्को, राष्ट्रपति भण्डारीले पनि राजाले झैं मेरो सरकार भनेपछि…



काठमाडौं । मुलुकमा गणतन्त्र आएको १३ वर्ष वित्यो । धेरै नेपालीहरुले राजाको शासन कस्तो थियो भनेर विर्सिन थालिसकेका छन् ।
तर, शुक्रबार गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिले भने राजाको शासनको झल्को दिएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा राष्ट्रपति भण्डारीले पटक पटक ‘मेरो सरकार’ भनेकी छन् । गणतन्त्र नेपालको १३ वर्षको अभ्यासमा यो पहिलो घटना हो ।

गणतन्त्र आउनुअघि राजाहरुले भने संसदमा नीति तथा कार्यक्रम प्रस्तु गर्दा ‘मेरो सरकार’ भन्थे ।

०६२/६३ को जनआन्दोलन पछि डा. रामबरण यादब राष्ट्रपतिमा चुनिए । डा. यादब २ कार्यकाल राष्ट्रपति भए । करिब १० वटा नीति तथा कार्यक्रम ल्याए । तर, उनले नेपाल सरकार, यो सरकार वा वर्तमान सरकार भनेर संसदमा सम्बोधन गरेका थिए ।

यादबले ल्याएको नीति तथा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्

दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याएकी छन् । पहिलो नीति तथा कार्यक्रममा भण्डारीले नेपाल सरकार, यस सरका भनेकी छन् ।

राष्ट्रपति भण्डारीले ल्याएको पहिलो नीति तथा कार्यक्रम हेर्न यहाँ क्लिक गर्नुहोस्

यद्यपि पहिलो नीति तथा कार्यक्रममा पनि राष्ट्रपति भण्डारीले सभामुख महोदय नभनेर सभामुख मात्रै भनेर सम्बोधन गरेकी थिइन् । जुन सम्बोधन पनि बिबादमा तानिएको थियो ।

दोस्रो पटक संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति भण्डारीले मेरो सरकार भनेकी छन् ।

‘काहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तै भयो, गणतन्त्रको सेरेमोनियल राष्ट्रपतिले मेरो सरकार भन्दै संसदमा भाषण गरेर सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको अपमान गरेकी छन्,’ एक पूर्वअर्थमन्त्रीले भने, ‘राष्ट्रपतिज्यूले आफूलाई राजा सम्झिन थाल्नुभएको यो ज्वलन्त उदाहारण हो ।’

आर्थिक वर्ष २०५५/५६ मा तत्कालीन राजा बिरेन्द्रले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम, जहाँ मेरो सरकार भनिएको छ ।

 

 


पुष्प दुलाल