सरकारको उपलब्धिः ८ हजार गरिबलाई आवास सुविधा, १६ लाख नेपालीको बीमा



काठमाडौं । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन् ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले सात प्रतिशत आर्थिक बचत भएकोले दोहोरो अंकको आर्थिक विकासको बाटो खुलेको छ । मुलुकमा यतिबेला २७ प्रतिशत बचतमा रहेको छ । लगानीसम्मेलनले थप लगानी बढाउने देखिएको छ । यसले अन्तर्राष्ट्रिय सहयोग पनि बढेको छ ।

भण्डारीले भूकम्प पछिको पुन निर्माणमा उल्लेख्य सुरधा भएको छ । १ हजार ६ सय किलोमिटर भन्दा बढी सकडकालोपत्रे भएको छ । तीन सय पुन निर्माण सम्पन्न हुने छ । दुवै देश जोडने रेलमार्ग जोडने अध्ययन सम्पन्न भएको छ। पोखरा बिमास्थल ४० प्रतिशत निर्माण सम्पन्न भएको छ । बन्द भएका ५ वटा विमानस्थल सञ्चलनमा रहेको छन् । नौ सय क्षमताको अरुण तेस्रोको सिलान्यास भएको छ ।

सरकारले जनताको आवास कार्यक्रम अन्तर्गत ८ हजार आवास बनाएर विपन्नलाई आवास सुविधा उपलब्ध गराइएको छ । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएकी हुन । उनले ४२ जिल्लाका १६ लाख नेपालको स्वास्थ्य बीमा भएको उल्लेख गरेकी छिन् ।


पुष्प दुलाल