भारतमा आएको शक्तिशाली समुद्री आँधी नेपालमा आउने सम्भावना, शतर्क हुन आग्रह
काठमाडौ । भारतको ओडिशा क्षेत्रमा शक्तिशाली सुमुन्द्री आँधि प्रवेश गरेको छ।
झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले उक्त आँधि अघि बढिरहेको बताइएको छ । बङ्गालको खाडीमा बनेको सो समुद्री आँधीको प्रभावले बिहानदेखि नै वर्षा हुन थालेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन ।
भारतमा आएको फानीको प्रभाव नेपालमा पनि पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले बताएको छ। साथै शाखाले सबैलाई शर्तक हुन आहवान गरेको छ ।
भारतमा फनीको सम्भावित मार्गमा पर्ने स्थानबाट झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन ।