भारतमा स्मार्ट हुन्डाई एसयुभी गाडी बुकिङ सुरु, आफै बोलेर कन्ट्रोल गर्न सकिने
हुन्डाइ कम्पनीले आफ्नो पहिलो स्मार्ट एसयूभी हुन्डाइ भेन्युको बुकिङ आजदेखि खुला गरेको छ । भारतको पहिलो स्मार्टका कारका रुपमा लिइएको यस कार बुकिङ २०१९ मे २ बिहीबारदेखि खुला गरिएको छ । बुकिङ गर्नका लागि भारतमा रहेका हुन्डाइको डिलर स्टोरमा २१ हजार भारतीय रुपैयाँ दिएर बुक सकिन्ने बताइएको छ ।
भारतमा यसको मूल्य ८ लाखदेखि ११ लाख भारतीय रुपैयाँ बीच तय हुनेछ । यस स्मार्ट कारमा चार वटा ब्याट्री र सात वटा फरक फरक रंगमा उपलब्ध हुनेछ । यसमा डेमिन ब्लु, लावा अरेञ्ज र डिप फरेस्ट जस्ता रंगमा उपलब्ध हुनेछन् ।
ब्लु लिंक कनेक्टिभिटी
यसमा ३३ वटा नयाँ ब्रान्ड कनेक्टिभिटी फिचर्स राखिएको छ । जसमा १० वटा फिचर भारतको बजारलाई लक्षित गरी डिजाइन गरिएको छ । यो कम्पनीको अहिलेसम्मको सबैभन्दा छोटो ४ मिटरको लम्बाइ भएको एसयूभी हुनेछ । ब्लु लिंक कनेन्टिभिटी एक विशेष प्रकारको मोबाइल एपमा आधारित टेक्नोलोजी हो । जसका कारण कुनै आपतकालिन अवस्थामा कारमा भएको एपले एम्बुलेन्स तथा पुलिसलाई स्वतस्फूर्त जानकारी दिनेछ । साथमा कार चोरी हुने अवस्थामा कारको मालिक तथा पुलिसको गाडीको लोकेसन पत्ता लगाउन सकिन्छ । साथै एपमार्फत घर बसेर नै आफ्नो गाडी स्टार्ट गर्न, कारको एसी चलाउन र कारभित्र तापक्रम पनि सेट गर्न सकिन्छ ।
तपाईको आवाजबाट कन्ट्रोल हुनेछ कार
कारमा आफ्नो अधिक्तम ड्राइभिङ स्पिड सेट गर्न सकिन्छ । यस्तोमा अन्य कुनै व्यक्तिले तपाईको अनुमति बिना कारलाई कारको गती परिवर्तन गर्न सक्नेछैनन् । कारले तपाईको आवाज पहिचान गर्नेछ र तपाईले बोलीका आधारमा कार कन्ट्रोल हुनेछ । एपले कारको मेन्टिनेन्स तथा सर्भिसबारे आफै जानकारी दिनेछ ।
अरब समुन्द्रमा पानीजहाजमा भएको थियो उद्घाटन
हुन्डाइले यो एसयूभीलाई गत साता अरब सागरमा एउटा पानीजहाजमा उद्घाटन गरेको थियो । साथै भारतसँगै यसलाई न्यूयोर्क मोटर शोमा समेत ग्लोवल डेभ्यू गरिएको थियो । जसमा यसको स्पेसिफिकेसन तथा फिचर्सको पूर्ण विवरण बाहिर सार्वजनिक भएको थियो ।
स्मार्ट कारको इञ्जिन र पर्फर्मेन्स
कार काप्पा १.० लिटर टर्बो, जीडीआई, १.२ लिटर एमपीआई पेट्रोल इञ्जिन र १.४ लिटर डिजल इन्जिनमा उपलब्ध हुनेछ ।
काप्पा १.० लिटर टर्बो जीडीआईमा १२० पीएस पावर र १७२ न्यूटन मिटरको टार्क पाइनेछ । साथमा ६ स्पिड म्यानुअल ट्रान्समिसन गियरबक्स हुनेछ । जसमा १.२ लिटर एमपीआई पेट्रोल इञ्जिन ८३पीएस कि ट्रान्समिसनका विकल्प हुनेछ । यसमा १.२ मिलटर एमपीआई पेट्रोल ८३पीएस पावर र ११५ न्यूटन मिटर टार्क जेनेरेट हुनेछ । जो ५ स्पिड म्यानुअल गियरबक्ससँगै आउनेछ । त्यस्तै १.४ लिटर डिजल इन्जिन ९०पीएस को पावर र २२० न्यूटन मिटरको टार्क जेनेरेट गर्नेछ । एजेन्सी