सुजुकी मोटर्सको इस्टेट अफ द आर्ट सर्भिस पोखरामा, यस्ता छन सुविधा
काठमाडौैं । सुजुकी मोटर्सको इस्टेट अफ द आर्ट सर्भिस सेन्टर पोखराखमा सुचारु भएको छ । सुजुकी मोर्टसको आधिकारिक विक्रेता मोटोकर्पको गण्डकी तथा धौलागिरीको आधिकरीक विक्रेता बतास ब्रदर्शले उक्त सेवा सुचारु गरेको हो ।
उक्त सर्भिस सेण्टरको उटघाटन सिजिमोटोकर्पका कार्यकारि निर्देशक करण चौधरी थता बतास ब्रदर्शका प्रबन्ध निर्देशक शान्त राज बतासले संयुक्त रुपमा गरेका छन ।
के छन त उक्त सर्भिस सेन्टरका विशेषता ?
१० हजार फितमा फैर्लिको सर्भिस सेन्टरमा वोर्किङ बे रहनेछन । यस सर्भिस सेन्टरमा मासिक १ हजार गाडि सर्भिसिङ गर्न सक्ने क्षमता रहेको छ । अत्याधुनिक मेसिन र औजारहरु रहेको यस सेन्टरमा बडि मेन्टेनेन्स सप, पार्ट सप तथा इन्जिन रिपेयर एरिया रहेका छन । सुजुकी डाइग्नोस्टिक टुल्स तथा कम्प्युटराइज्ड सिस्टमद्धारा गाडीको चेक गरिने सेन्टरले जानकारी दिएको छ ।
]यसका साथै सेन्टरमा जाने ग्राहकहरुका लागि लाउन्जको समेत व्यवस्था रहेको छ । सेन्टरले ट्याक्सीका ग्राहकहरुलाई मध्यनजर गरी साँझ ६ बजे देखि ८ बजे सम्म एक्सप्रेस ट्याक्सी मेन्टेनेन्स सेवा प्रदान गर्ने योजना बनाएको छ ।
यो सर्भिस सेन्टर सञ्चालन भएसँगै गण्डकी तथा धौलागिरि क्षेत्रमा ६ स्जातमा सुजुकीको टच प्वाइन्टहरु सञ्चालनमा आएका छन । गोर्खा, वालिङ, बुर्तिवाङ, दुलेगौडा, बेनी तथा दमौलीमा सञ्चालित सर्भिस सेन्टरहरुबाट सुजुकीको सेवा प्रदान हुदै आएको छ ।