रसुवागढी र साञ्जेको आइपिओमा किन ओइरिए लगानीकर्ता ? ३ अर्ब १७ करोडको आवेदन



काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् कम्पनीको सेयरमा लगानीकर्ताको चर्को आकर्षण देखिएको छ ।

केही समय पहिले साधारण सेयर बिक्री गरेको यूनियन हाइड्रो पावरको सेयर नबिकेर हैरान भएको बेला रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सेयरमा भने लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेका छन् ।

चिमिले जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत माधव कोइरालाका अनुसार ती दुई आयोजनाको साधारण सेयरमा ३ अर्ब १७ करोड बढीको आवेदन परेको छ ।

कोइरालाका अनुसार साञ्जेनमा ३ लाख ४ हजार लगानीकर्ताले आवेदन गरेका छनु् भने रसुवागढीको सेयरमा ३ लाख ७ हजारले आवेदन गरेका छन् ।

ती दुई कम्पनीले १ अर्ब ५४ करोड बढीको साधारण सेयर बिक्री गरेका थिए । लगानीकर्ताले ठूलो विश्वासका साथ लगानी गरेको सम्बन्धित आयोजनाका प्रमुखले जानकारी दिएका छन् ।

कूल १११ मेगावाट क्षमताको रसुवागढीको भौतिक प्रगति ७० प्रतिशत भएको छ भने साञ्जेन मध्ये माथिल्लो साञ्जेनको ७७ प्रतिशत र साञ्जेनको ७२ प्रतिशत भौतिक प्रगति भएको छ ।

ती आयोजनालाई सरकारले पछिल्लो पटक जनताको जलविद्युत् कार्यक्रममा समावेश गरेको छ ।


पुष्प दुलाल