अख्तियारको कडाइपछि मालपोत र नापीका १७६ कर्मचारी पक्राउ, सरुवा माग्दै मन्त्रालयमा भीड



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीको भेषमा मालपोत तथा नापी कार्यालयमा कर्मचारी परिचालन गरेपछि हालसम्म १७६ जना कर्मचारी निलम्बनमा परेका छन् ।

भ्रष्टाचार हुने अखडाको रुपमा परिचित मालपोत र नापी कार्यालयमा पछिल्लो दिनमा अख्तियारले विशेष अप्रेशन गरिरहेको छ । दैनिक जसो नै मालपोत र नापीका कर्मचारी पक्राउ परिरहेका छन् । विशेषगरी मालपोत अधिकृत र नापी अधिकृतदेखि सर्वेक्षकसम्म पक्राउ परिरहेका छन् ।

अख्तियारको कडाईपछि धमाधम कर्मचारी पक्राउ पर्ने र उनीहर निलम्बनमा समेत पर्न थालेपछि ती सरकारी निकायबाट सरुवा हुन पाँउ भन्दै भूमिसुधार मन्त्रालय धाउने कर्मचारीको संख्या बढ्दै गएको छ ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाकाअनुसार सउेवाग्राहीको भीड हुने कार्यालयमा आफूहरुले सेवाग्राहीकै भेषमा कर्मचारी परिचालन गरिएको छ ।

कुनै पनि कर्मचारी मालपोत तथा नापीमा काम गर्ने अवस्था नरहेको पाइएको छ । अख्तियारले आफूहरलाई पक्राउ गरेर दुःख दिएको जिकिर गदैृ मालपोत र नापीका कर्मचाराीले सरुवा मागेको माग्यै छन् ।

सामान्यता घुस अखडाको रुपमा परिचित मालपोत र नापीका कर्मचारीले सेवाग्राहीलाई जानी बुझीकन नै घुस माग गरेको पाइएको छ ।

पछिल्लो एक सातामा मात्रै मालपोत र नापीका ७ कर्मचारी पक्राउ परिसकेका छने ।

अख्तियारका अनुसार भ्रष्टाचार अभियोगमा निलम्बन हुने कर्मचारीको संख्या मात्रै १७६ पुगेको छ । यी मध्ये मालपोतका मात्रै १३२ कर्मचारी निलम्बनमा परेका छन् । यस्तै अख्तियारले नापीका ४४ कर्मचारी पक्राउ गरेको छ । उनीहरु समेत निलम्बनमा परेका छन् ।

अख्तियारले खरिदारदेखि सहसचिवसम्मका कर्मचारीलाई घुस रकम सहित पक्राउ गरेको छ । यसले निजामति प्रशासनमा कुन रुपमा भ्रष्टाचारको जालो मौलाएको छ भन्ने पनि देख्न सकिन्छ ।

ठूलो मात्रामा कर्मचारी घुस प्रकरणमा पक्राउ पर्दै निलम्बनमा पर्न थालेपछि देशभरका मालपोत तथा नापी कार्यालयमा कर्मचारी जान नै नमान्ने अवस्था सिर्जना भएको छ ।

मन्त्रालयलाई देशभरका मालपोत र नापी कार्यालयमा कर्मचारी व्इवस्थापन गर्न समेत हम्मे भएको तथा भएका कर्मचारी समेत सरुवा भएर अन्यत्र जान खोजेका छन् ।

कुनै समय मालपोत र नापी कार्यालय मालदार अड्डा भन्दै निजामति कर्मचारीका बीचमा ठूलो प्रतिस्पर्धा हुन्थ्यो । राजनीतिक पहुँच तथा प्रभाव देखाएर भएपनि उनीहरुले ती निमायमा नै जान मरिहत्ते गर्ने गरेका थिए । अख्तियारको सक्रियाता पछि मालपोत र नापी कार्यालयमा कर्मचारी जान नै नमान्ने अवस्था आएको छ ।

इमान्दार कर्मचारी समेत मालपोत र नापीमा गएपछि भ्रष्ट भएको र भ्रष्टाचारमा संलग्न भएको पाइएको छ ।

सेवाग्राहीको चाप बढी भएका कार्यालयमा सेवाग्राहीलाई काम गर्न समेत मुस्किल हुने गरेको छ ।

जानकारहरुका अनुसार देशभरका मालपोतकार्यालयमा करिब २ हजार दरबन्दी छ । यस्तै नापी कार्यालयमा ३ हजार दरबन्दी भएपनि २४ सयको हाराहारीमा मात्रै कर्मचारी छन् ।

मालपोतका कूल दरबन्दी मध्ये ९ सयको हाराहारीमा मात्र कर्मचारी छन् ।

जनताको सेवा गर्ने भन्दै शपथ लिएका कर्मचारी नै घुस प्रकरणमा जोडिएपछि अख्तियारले कडाई गर्न थालेको हो । कर्मचारी जान नमान्ने, भएका कर्मचारी समेत घुस काण्डमा संलग्न भएपछि कर्मचारी व्यवस्थापन गर्न मन्त्रालयलाई समस्या पर्दै गएको छ ।


पुष्प दुलाल