एनसेलले २४ घन्टाभित्र कर नतिरे सडक आन्दोलनमा उत्रिने चेतावनी



काठमाडौँ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले २४ घन्टाभित्र कर नतिरेको खण्डमा विभिन्न विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने घोषणा गरेका छन् ।

सत्तारुढ दलको भ्रातृ संगठन वाइसीएल नेपाल, अनेरास्ववियु, अनुरास्ववियु क्रान्तिकारी, नेविसंघ र युवासंघ नेपालले विज्ञप्ति जारी गर्दै उक्त घोषणा गरेका हुन् ।

उनीहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा एनसेलले कर नतिरेसम्म उक्त कम्पनीको सिमकार्ड प्रयोग नगर्न नगराउन न्यायप्रेमी सबै नेपालीलाई अनुरोध गरेका छन् ।

जारी संयुक्त विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलालाई समेत अवज्ञा गर्ने एनसेलको रवैया खेदजनक रहेको उल्लेख छ ।

ठूला करदाता कार्यालयले कर तिर्न ७ दिनको समयसिमा तोकेकोमा त्यसमा पनि आनाकानी गरेकोमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

जुनसुकै कानूनी प्रकृया अपनाएर भएपनि कर असूल गर्न सरकारलाई आग्रह गरेका छन् ।


पुष्प दुलाल