ब्यापार घाटा बढेपनि अर्थतन्त्रमा उत्साह देखियोः गभर्नर



काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीबीन नेपालले ब्यापार घाटा बढे पनि अर्थतन्त्रमा उत्साह देखिएको बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटका लागि सुझाब संकलन गर्न बुधबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘विकास निर्माणका सामाग्रीको आयाता हुँदा ब्यापार घाटा बढेको छ, उत्पादनलाई सघाउ पुर्याउने गरी आयात बढेकाले ब्यापार घाटा बढेपनि आर्थिक वृद्धि उच्च हुन्छ,’ गभर्नर नेपालले भने, ‘अर्थतन्त्रमा उत्साह देखिएको छ । फेरि पनि उच्च आर्थिक वृद्धिदर हुन्छ ।’

त्यसैले ब्यापार घाटा बढेपनि धेरै चिन्ता लिनु पर्ने अवस्था नरहेको उनको भनाई थियो ।

उच्च आर्थिक बृद्धि हासिल हुनु भनेको लगानीको वातावरण बनेको संन्देश भएको गभर्नरको भनाई थियो ।

तर, आयातमा चनाखो हुनुपर्ने हुनुपर्ने उनले बताए । ‘विकास निर्माणमा सहयोग नपुग्ने आयातमा भने हामी चनाखो हुनुपर्छ,’ उनले भने ।


पुष्प दुलाल