अर्घाखाँचीमा खुल्यो बजाजको नयाँ शोरुम




अर्घाखाँची । एचएच बजाजले अर्घाखाँचीको सन्धिखर्कमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । पूर्ण सुविधा सहितको नयाँ शोरुम “बस्याल ब्रदर्स् अटोलिङ्कले सञ्चालन गर्नेछ ।

अटो मोबाइल ब्राण्ड हन्सराज हुलासचन्द एण्ड कम्पनी नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत बितरक हो ।

नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको वितरकले जनाएको छ ।

नयाँ शोरुम शुभारम्भ गर्दै हन्सराज हुलासचन्द एण्ड कम्पनीका एक्जुकेटिभ डाइरेक्टर अभिमन्यू गोल्छाले भने– “देशभर हाम्रा ग्राहकहरु निरन्तर वृद्धि भइरहँदा हामी अत्यन्तै खुशी छौं । त्यसैले ग्राहकहरुलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो । अर्घाखाँचीमा नयाँ सोरुम विस्तारसँगै, हामीले आशा गरेका छौँ कि यसले ग्राहकहरुको जीवन सहज बनाउनुका साथै उनीहरुले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन् ।”

एचएच बजाज देशभरी रहेका ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध रहेको समेत उनले बताए ।


क्लिकमान्डु