बैंकको स्प्रेडदर ३ प्रतिशतमा झार्नुपर्छ: शेखर गोल्छा (भिडियाे)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बैंकहरुको स्प्रेडदर ३ प्रतिशतमा झानुपर्ने बताएका छन् ।

नेपाल राष्ट्र बैंकले आयोजना गरेको बजेटको सुझाव लिन आयोजित कार्यक्रममा सुझाव दिदै बरिष्ठ उपाध्यक्ष गोल्छाले बैंकको ब्याजदर घटेको भनिएपनि उद्योगी व्यवसायीले त्यसको महशुस गर्न नपाएको बताए ।

‘उद्योग व्यवसायको लागत अहिले बैंकको ब्याजदरको कारण अत्याधिक बढी भएको छ,बैंकको ब्याजदर घटाउनको लागि बेसरेट ४ प्रतिशत हुनुपर्छ भने स्प्रेड ३ प्रतिशतभन्दा बढी नहुँने गरेर राख्नुपर्छ,’ गोल्छाले भने ।

उनले पुनरकर्जा कोषलाई १ खर्बको बनाउन तथा यसबाट उत्पादन मुलक क्षेत्रले लाभ लिने खालको बनाउनुपर्ने सुझाव दिए ।

अहिले राष्ट्र बैंकले वाणिज्य बैंकहरुको निक्षेप र कर्जाका ब्याजदरको अन्तर साढे ४ प्रतिशतभन्दा बढी हुन नहुँने व्यवस्था गरेको छ ।

विस्तृत जानकारीका लागि भिडियाे हेर्नुहाेसः

 


क्लिकमान्डु