२९ वर्षपछि रातारात पीच गरिँदैछ त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे (फोटो र भिडियो)



काठमाडौं । देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको धमाधम मर्मत भइरहेको छ । २९ वर्षपछि बिमानस्थलको धानवमार्ग (रन वे)को मर्मत गरिएको हो ।

सन् १९९०मा अन्तिम पटक विस्तार भएको थियो । त्यसयता रनवेको मर्मत भएको थिएन ।

अहिले जहाजले टेकअप गर्ने र ल्याण्ड गर्ने सेन्टर बिन्दूको र बाँयाँ १०/१० मिटर गरी २० मिटरका दरले रनवेको मर्मत भइरहेको छ । यो पहिलो चरणको मर्मच वर्षअघि नै सक्ने नागरिक उड्यन प्राधिकरणले जनाएको छ । चैत १८ गतेदेखि मर्मतकार्य शुरु भएको थियो ।

बिमानस्थलको लम्बाइ ३००० मिटर र चौडाइ ४५ मिटर हो । दोस्रो चरणमा बाँकी २५ मिटरको पीच गरिने प्राधिकरणका प्रमुख सञ्जिब गौतमले बताए ।

गौतमका अनुसार बिमानस्थल मर्मत गर्दा ४ अर्ब रुपैयाँ खर्च लाग्नेछ । प्राधिकरणले मंगलबार राति पत्रकारहरुलाई विमानस्थलमै पत्रकार सम्मेलन गरेर रन वे मर्मतको अवस्थाको बारेमा ब्रिफिङ गरेको थियो ।


पुष्प दुलाल