ठूला बैंक मर्ज हुँदा कर छुट दिन अर्थमन्त्री सकरात्मक



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले ठूला बैंकहरु मर्जरमा जादा दिने कर सुविधाको विषयमा सकारात्मक देखिएका छन् ।

नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री खतिवडाले यो विषयमा छलफल गर्न सकिने बताए ।

बजेटमा ल्याउने विषय संसद्मा सार्वजनिक भन्दै खतिवडाले ठूला संस्था मर्जरमा जादा करछुटको विषयमा बसेर छलफल गर्न सकिने बताए ।

म्यानले गरेको बजेट सुझाव आयोजना कार्यक्रममा नै बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले कर छुट मागेका थिए ।

अर्थ मन्त्रीलाई साक्षी राखेर बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले भने- बैंक मर्ज गर्ने भए आयकरमा छुट दिनु

पछिल्लो समय अनौपचारिक रुपमा बैंकका सिइओहरुबीच मर्जरको विषयमा व्यापक चर्चा चलेको छ । राष्ट्र बैंकले पनि बैंकर तथा संचालकलाई बोलाएर मर्जरमा जानको लागि भनेको छ ।


क्लिकमान्डु