अर्थ मन्त्रीलाई साक्षी राखेर बैंकर्स संघका अध्यक्ष ढुङ्गानाले भने- बैंक मर्ज गर्ने भए आयकरमा छुट दिनु



काठमाडौँ । नेपाल बैंकर्स सङ्घका अध्यक्ष ज्ञानेन्द्र प्रसाद ढुङ्गानाले आयकरमा छुट दिएको खण्डमा बैंकहरू मर्जरमा जान सक्ने बताएका छन् ।

नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पछिल्लो समयमा राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाको मर्जरमा चासो देखाइरहेको समयमा अध्यक्ष ढुंगानले आगामी आर्थिक वर्षको बजेट निर्माणको पूर्वसन्ध्यामा आयोजित सुझाव कार्यक्रममा यस्तो सुझाव दिएका छन् । अध्यक्ष ढुङ्गानाले बैंक मर्ज गराउँदै जाने हो भने आयकरमा छुट हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा उनले कर्जा सूचना केन्द्रलाई पनि अब कर लाग्ने वातावरण बनाउन समेत सुझाव दिए । अध्यक्ष ढुंगानले केन्द्रसँग अहिलेसम्मको कर सरकारले लिने हो भने त्यो बन्द हुने अवस्थामा रहेको बताए ।

सुझाव दिने क्रममा ढुंगानले रियल स्टेटमा टाइट गर्दा खरिद बिक्रीमा समस्या भएको र बैंकहरूलाई कर्जा उठाउन समस्या भएको धारणा राखे । उनले आगामी आवको बजेटमा रियल स्टेटलाई केही खुकुलो गर्न सुझाव दिए ।

अहिले कर्मचारीहरूले तिर्ने करमा पनि भेदभाव भएको भन्दै बैंक अनुसार कर प्रतिशत फरक नपार्न सुझाव दिए । उनले बेस रेटलाई आधार भनेर कर्मचारीलाई कर नतोक्न सुझाव दिए । कार्यक्रममा अर्थ मन्त्री डा. युवराज खतिवडा पनि सहभागी भएका छन् ।

विस्तृत जानकारीका लागि भिडियाे हेर्नुहाेस 


क्लिकमान्डु