भारतबाट नेपालमा गाडी भित्र्याउने सिस्टममा परिवर्तन चाहियो: अध्यक्ष दाहाल (भिडियाेसहित)



काठमाडौँ । नेपाल अटोमोवाइल्स डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष शम्भु दाहालले भारतबाट नेपालमा आउने गाडीले विभिन्न समस्या सृजना गरेको भन्दै गाडी ल्याउने सिस्टममा परिवर्तन आवश्यक भएको बताएका छन् । नेपाल व्यवस्थापन सङ्घले आयोजना गरेको पूर्व बजेट छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले वर्षमा ३० दिन मात्र भारतीय गाडी नेपालमा ल्याउने कानुनी व्यवस्था मिलाउन आग्रह गरे । उनले गाडीको सुरक्षाको लागि भन्दै बर्सेनि गाडी परीक्षण गर्ने व्यवस्था ल्याउन आग्रह गरे ।

दाहालले भारतीय गाडी निर्बाध रूपमा आवतजावत गर्दा त्यसको असर नेपाली व्यवसायीहरूलाई पर्ने गरेको बताए । कतिपय अवस्थामा नेपालमा हुने गरेको गैर कानुनी काममा भारतीय नम्बर प्लेटका गाडी प्रयोग भएको भन्दै भारतबाट आउने गाडीमा न्यून गर्न सकेको खण्डमा त्यस्ता गतिविधि न्यून हुने उनको भनाई छ ।

कार्यक्रममा अध्यक्ष दाहालले नाडाले गर्दै आएको अटो शोका लागि पर्याप्त ठाउँ नभएको गुनासो गरे । दाहालले एम्बुस्ड नम्बर प्लेटलाई साझा बनाउन सुझाव दिएका छन् ।

विस्तृत भिडियाेमा हेर्नुहाेस  


क्लिकमान्डु