स्वचालित टेस्ला रोबोटयाक्सी कार सन २०२० मा बजारमा आउने




काठमाडौ । टेस्ला कम्पनीले निर्माण गरेको टेस्ला रोवोट्याक्सी सन २०२० मा बजारमा आउने बताइएको छ । रोवोट्याक्सी स्वचालित गाडि हो ।
टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले विद्युतीय कार निर्माता कम्पनीले रोवोट्याक्सी ल्याउन तयार रहेको बताएका छन । उनले भनेका छन– म एकदमै ढुक्क छु, अर्को वर्ष बजारमा टेस्ला कम्पनीको स्वचालित रोवोट्याक्सी आउने छ । सडकमा दश लाख भन्दा धेरै रोवोट्याक्सी हुने कम्पनीले जनाएको छ ।

आगामी एक वर्षमा कम्पनीसँग फुल ड्राइभिङ सफ्टवेयर सहितका दश लाख स्वचालित गाडि हुने कम्पनीको दावी छ ।

उक्त गाडि सबैभन्दा पहिला अमेरिकाको डल्लास र लस एन्जल्समा लञ्च गर्ने कम्पनीको योजना रहेको छ ।


क्लिकमान्डु