काठमाडौंका ८२ व्यवसायीले कर तिरेनन्, सम्पत्ति लिलामी गरेर असूल गर्ने राजस्वको चेतावनी



काठमाडौं । काठमाडौंका विभिन्न होटलमा क्यासिनो सञ्चालन गर्ने नेपाल रिक्रियशन सेन्टर प्रालिले समेत कर नतिरेको पाइएको छ ।

आन्तरिक राजश्व कार्यालयले आज एक सूचना मार्फत कर तिर्न अटेर गर्ने व्यवसायीको सूचीमा उक्त संस्थाका रिचर्ड डोयल टटल समेत रहेका छन् । उनले मूल्य अभिवृद्धि कर र आय कर समेत नतिरेको पाइएको हो ।

क्यासिनो सञ्चालन गर्ने र कर तिर्न अटेर गर्नेलाई कानूनको दायरामा ल्याउने र कर तिर्न बाध्य बनाउने लक्ष्यका साथ राजश्व कार्यालयले सूचना प्रकाशित गरी आगामी १५ दिन भित्र कर बक्यौता फछ्र्यौट गर्न भनेको छ ।

कर नतिर्नेमा केह िठेकेदार कम्पनी र बालुवा व्यापारी समेत रहेका छन् । उनीहरुले राज्यलाई कर नतिरी ठग्ने मनसाय राखेको पाइएको छ । दक्षिणकाली नगरपालिकाका बालुवाखानी व्यापारी मुखिया कान्छा गुरुङले समेत मूल्य अभिवृद्धि कर नतिरेको पाइएको हो. ।

आन्तरिक राजश्व कार्यालयले कर तिर्न अटेर गर्ने ८३ व्यापारीको सूची आज प्रकाशित गर्दै १५ दिन भित्र कर तिर्न आउन भनेको हो । सो अवधिभित्र कर तिर्न नआए कानून अनुसार कारवाही हुने, बाँकी बक्यौता अनुसार असुल उपर गरिने र त्यसो पनि नभए चल अलच सम्पत्ति लिलाम गरेर भए पनि कर उठाउने उल्लेख गरेको छ ।


पुष्प दुलाल