सुजुकी मेगा एक्सचेज मेला सुरु, गुडदै नगुडने गाडिले पनि पैसा पाउने



काठमाडौं । सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भि.जी.अटोमोबाईल्सले ग्राहाकहरुको मागलाई मध्यनजर गर्दै यहि बैशाख ९ गते देखि १५ गते सम्म नेपाल अधिराज्यभर आधिकारिक शोरुमहरुमा सुजुकी मेगा एक्सचेज मेला सुरु गरेको छ ।

यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिने बताइएको छ । यस अन्तर्गत गुडदै नगुड्ने मोटरसाईकल वा स्कुटरलाई न्यूनतम ३० हजार रुपैंया र चालु अवस्थामा रहेका मोटरसाईकल वा स्कुटरलाई बजार मुल्य भन्दा थप १५ हजार प्रदान गरिने सथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय यूवा पुस्ता आकर्सित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु