१४ जना विदेशी बोकेको तारा एयरको जहाज रनवेमा चिप्लियो, सबै जना सकुशल



काठमाडौँः काठमाडौँबाट सोलुखुम्बुको फाप्लुका लागि उडेको तारा एयरको विमान अवतरणका क्रममा मन्थली विमानस्थलको धावनमार्गमा चिप्लिएर घाँसे मैदानमा पुगेको छ । जहाज दुर्घटनाबाट जोगिएको छ नागरिक उडडयन प्राधिकरणले जनाएको छ ।

मौसम खराब भएपछि विमानलाई मन्थली विमानस्थलममा डाइभर्ट गरिएको थियो ।
नाइन एन एकेके कलसाइन रहेको जहाजमा १४ विदेशी र तीन चालक दलका सदस्य रहेको बताइएको छ । चालक दलका सदस्यसहित सबै यात्रु सुरक्षित रहेको प्राधिकरणले जानकारी दिएको छ ।

घटना लगत्तै हवाई सेवा सुरक्षा विभागको टोली घटनास्थलमा अध्ययनका लागि हिँडिसकेको प्राधिकरणले जानकारी दिएको छ।


क्लिकमान्डु