महालक्ष्मीको जल पाइप्स एण्ड फिटिङस सार्वजनिक



काठमाडौ । महालक्ष्मी वायर्स एन्ड केबल्सले आफ्नो नयाँ उत्पादन जल पाइप्स एन्ड फिटिङ्स औपचारिक रुपमा बजारमा ल्याएको छ ।

ब्राण्ड नाम र टयागलाइन अनाउन्स गरेर मनिषा कोइराला, गिरिस जैन, पारस लुनिया र जापानबाट आउनुभएका अतिथिले संयुक्त रुपमा उत्पादन सार्वजनिक गरेका हुन ।

जल पाइप्स एण्ड फिटिङस अस्ट्रिया, जर्मनी र जापानको प्रविधि प्रयोग गरेर उत्पादन गरिने उत्पादक कम्पनीले जनाएको छ । उत्पादन उदेश्यका लागि कम्पनीले सेकिसुइ जापानिजसँग पनि सहकार्य गरेको छ ।
ग्राहकको आवश्यकता र अपेक्षालाई पुरा गर्ने हिसाबले उत्पादन गर्ने र सेवा दिने कम्पनीको उदेश्य भएको उपस्थित अतिथीहरुले बताए ।


क्लिकमान्डु