०७६/७७ को बजेटः ऊर्जा मन्त्रालयलाई १ खर्ब १५ अर्बको सिलिङ



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट निर्माणका अर्थ मनत्रालय जुटिरहेको बेला ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले १ खर्ब १५ अर्ब बराबरको सिलिङ पाएको छ ।

चालु आवमा ८३ अर्ब बजेट पाएको ऊर्जा मन्त्रालयको हालसम्मको पूँजीगत खर्च मात्रै ४० प्रतिशत भएको छ ।

आर्थिक वर्षको अन्तयसम्म ८० प्रतिशत खर्च हुने लक्ष्यका साथ आगामी आवका लागि खर्ब माथिको बजेट सिलिङ पाएको हो ।

ऊर्जा तथा जलस्रोतको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम अगाडि सारिएको र आर्थिक विकासका लागि ऊर्जा नै प्रमुख आधार भएको भन्दै बजेटको सिलिङ बढाइएको हो ।

तर चालु आवमा बजेट खर्च हुन नसकेका कारण सिलिङमा प्राप्त भए अनुसारको बजेट प्राप्त हुने वा नहुने भन्ने बारेमा तत्काल नैकेही भन्न सकिने अवस्था छैन ।

तर राष्ट्रिय योजना आयोगले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई भने भौतिक पूर्वाधार पछि सबै भन्दा बढी बजेट सिलिङ दिइएको छ ।

भौतिक पूर्वाधार मन्त्रालयको बजेट सिलिङ १ खर्ब ४० अर्ब बराबर रहेको छ । सोही आधारमा ऊर्जाको बजेट सिलिङ पाएको छ ।

चालु आवका राम्रो खर्च हुन नसकेको खण्डमा सिलिङमा तोकिए भन्दा कम पनि बजेट प्राप्त हुन सक्ने देखिएको छ ।


पुष्प दुलाल