महिन्द्रा र फोड मोटरबीच मझौला एसयुभि कार बनाउने सम्झौता




काठमाडौ । गाडी निर्माता कम्पनी महिन्द्रा र फोडले गाडी निर्माणका सन्दर्भमा रणनैतिक साझेदारी गरेका छन । दुबै कम्पनीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

सम्झौता अनुसार अब दुबै कार निर्माता कम्पनी मिलेर मझौला साइजको एसयुभि कार बनाउने छन । उक्त कार भारत र अन्य बजार लक्षित रहने बताइएको छ । नयाँ एसयुभिमा महिन्द्रा प्लेटफर्म प्रयोग हुनेछ भने फोडले क्रस ब्याज गर्नेछ ।

महिन्द्रा र फोर्डले नयाँ टेलिम्याटिक्स कन्ट्रोल युनिटमा पनि काम गरिरहेका छन ।महिन्द्रा समुहले नयाँ लो–डिस्प्लेसमेन्ट पेट्रोल इन्जिन बनाइरहेको छ जुन फोडलाई पनि सप्लाई गरिने छ ।


क्लिकमान्डु